लुम्बिनी प्रदेश सरकारमा थप पार्टी सहभागी हुँदै, कुन दललाई कुन मन्त्रालय ?
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २१:२६:३१
२७ माघ,बुटवल । लुम्बिनी प्रदेश सरकारमा थप ३ वटा दल सहभागी हुँदैछन् । योसँगै मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । सरकारमा जसपा, राप्रपा र जनमत पार्टी मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछन् । सबै पार्टीले मन्त्री बन्ने सांसदहरुको नाम टुग्याइसकेका छन् । उनीहरुकाे आजै शपथ हुने संभावना छ ।
प्रदेशसभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गएको पुष २७ मा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए । नियुक्तिकै समयमा उनले एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसपछि समर्थन दलहरुबीच मन्त्रालय भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।भागबण्डाका क्रममा जसपा, राप्रपा र जनमतलाई एक एक वटा मन्त्रालय लिने विषयमा कुरा मिलेपछि परिषद् विस्तार हुने भएको हो । लुम्बिनीमा १३ वटाबाट झारेर १० मन्त्रालयमा सीमित गरिएको छ ।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी गरी १० मन्त्रालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार