पूर्वाधार निर्माण कार्य सुस्त भएकाे भन्दै राष्ट्रपति भण्डारीकाे असन्तुष्टी, युवा शक्तिकाे पलायन राेक्नुपर्नेमा जाेड
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:२०:४०
२७ माघ, काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा पूर्वाधार विकाससम्बन्धी निर्माणको काम ढिलासुस्ती भएको बताएकी छन् ।शुक्रबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रयसभाको संयुक्त बैठकमा लिखित वक्तव्य दिँदै उनले यस्तो बताएकी हुन् ।
झण्डै पौने घण्टा लामो वक्तव्य दिएकी उनले लोकतन्त्रको विस्तार सन्तोषजनक रहेको बताउँदै नागरिक र देश समृद्धिको सूचक मानिने भौतिक पूर्वाधार विकासका काममा ढिलाइ भएको बताइन् । छिटो सम्पन्न गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्ने बताइन् ।
भौतिक निर्माणका काम समयमै काम सम्पन्न पूरा हुन नसक्दा युवा शक्ति विदेश पलायन भइरहेको र देशभित्रै रोजगार उप्लब्धतामा कमी आएको बताइन् । युवा शक्ति विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम आगामी बजेटमा ल्याउन पनि उनले सरकारसँग आग्रह गरिन् ।
सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन् ।
शिक्षामा छात्राको संख्या उल्लेख्य संख्यामा वृद्धि भएको भन्दै उनले सन्तोष व्यक्त गरिन् । शिक्षालाई सबै नागरिकसम्म पुर्याउन सरकारले पहल गर्न सरकारसँग आग्रह गरिन् ।
भण्डारी आगामी फागुन २८ मा दोस्रो कार्यकाल सकेर बिदाई हुँदैछिन् । उनले भोलि शनिबार राष्ट्रपति कार्यालय शितलनिवासमा दुवै संसदका सदस्य, सुरक्षा निकाय प्रमुख, कुटनीतिज्ञ लगायतलाई रात्रिभोजको आयोजना समेत गर्दैछिन् । सम्बोधनका क्रममा उनले कार्यकालमा सहयोग पुर्याउने राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतलाई धन्वयाद ज्ञापन गरन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार