संविधान कार्यान्वयनसँगै आर्थिक पुर्नउत्थान आवश्यकः राष्ट्रपति
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:४९:५७
२७ माघ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व काम भएपनि देशको समग्र आर्थिक उत्थान हुन नसकेको बताएकी छन् । उनले राष्ट्रको आर्थिक विकासका सवालमा राजनीतक दलबीच एकरुपता आउन नसक्दा आर्थिक विकासले गतिलिन नसकेको दावी गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अब सबैको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताइन ।
भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिँदै अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताइन् । उनले संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी थिइन् । भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रहसमेत गरिन् । उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुन नसक्नुको कारण खोजी गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
भण्डारीले राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर रणनीतिक पूर्वाधारको छनोट र निर्माण गर्नुपर्ने धारणा राखेकी छन् । उनले सडकलाई सामान्य पूर्वाधारको रुपमा मात्रै नलिइ देशभरको नागरिकलाई एकताको सुत्रमा बाँध्ने, भावनात्मक रुपमा जोड्ने कडिको रुपमा लिएर निर्माण गरिनुपर्ने बताइन् । उनले भनिन,’सबै स्थानीय तहको वडा वडासम्म स्तरीय सडक सञ्जाल पुर्याउने र राज्यबाट प्रदान गरिने अन्य सेवालाई जोड्ने र उत्पादनका साधन उत्पदानस्थलसम्म पुर्याउन र उत्पादित सामग्री बजारसम्म पुर्याउन सहज हुने गरि यातायात विकास गर्ने, आमनागरिक सहज र सुभल ढंगले यातायात सुविधा पुर्याउने, निर्माणाधीन सडक पूर्वाधार निर्धारित समयभित्रै सम्पन्न गर्ने र सडक यातायातलाई भरपर्दो र सुरक्षा बनाउने कार्य हाम्रो प्राथमिकता हुनुपर्दछ ।
उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै त्यसमा चिन्ता व्यक्त गरेकी थिइन् । उनले संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको र जुन सोचका साथ लैंगिक विकासका अवधारणा अघि सारिएका थिए त्यसको परिणाम प्राप्त नभएको बताइन् ।
’विगतमाभन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन् ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रसस्त लगानी गरिएको छ । तर रोग प्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन् वा छैनन् ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको सिकार भइरहेका छन् ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।
भण्डारीले नेपालको राजनीतिले छोटो समयमा नै स्थायित्व प्राप्त गरेको बताइन् । संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको उनको दावी छ । भण्डारीले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्वपूर्ण भएको बताइन् । संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्त्वपूर्ण रहेको र संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका राष्ट्रपतिको दावी छ । भण्डारीले संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि नेपालीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको बताइन् ।
भण्डारीले भनिन्, ’देशको राजनीतिले एउटा गति र लय समातिसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुसी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु । संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।’ सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।
’विकास निर्माणले गति लिएको छ तर यो गति पर्याप्त छ त ? तर नागरिकको विकासका लागि हामीले गरेको प्रयासले सार्थकता पाएको छ त ? यो विषयलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारवाहीहरु अघि बढाउनु पर्दछ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित रहेको पनि बताएकी छन् ।
राष्ट्रपति भण्डारीले देशको आर्थिक उत्थानका लागि सबै सहकार्य आवश्यक रहने बताइन् । उनले सम्बद्ध पक्षको ध्यान विकास, संवृद्धि र नागरिकलाई सुखी बनाउन ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन् । संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिले गति र लय समातेकाले अबको ध्यान आर्थिक उत्थानतिर केन्द्रित हुनुपर्ने बताइन् ।
भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताइन् । उनले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’ उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।
विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त छ कि छैन भन्ने विषयलाई हेर्नुपर्ने उनको भनाइ छ । संघ तथा प्रदेशसरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । संघ तथा प्रदेश सरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा, विश्वास र भरोसा सम्बोधन हुने गरी कार्य सम्पादन गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताइन् ।
राष्ट्रपति भण्डारीले नयाँ साना आयोजनालाई बजेट छुट्याउनुको साटो पुराना आयोजनालाई समयमै सक्ने गरी निरन्तरता दिन सरकारलाई सुझाव दिइएकी छिन् । अध्ययनविना सुरु गरिने साना आयोजनाले प्रतिफल नदिने र स्रोतको दुरुपयोग बढ्ने राष्ट्रपति भण्डारीले प्रस्ट पारिन् ।
उनले भनिन्, ‘प्रतिफल नदिने र आवश्यक अध्ययन विश्लेषणविना कार्यान्वयन गरिने ससाना आयोजनाले एकातिर स्रोतको दुरुपयोगलाई बढावा दिन्छ भने अर्कातिर सोबाट अपेक्षित प्रतिफल पनि प्राप्त हुँदैन ।’ राष्ट्रपति भण्डारीले आगामी दिनमा पुराना आयोजनालाई नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएकी छिन् । ‘सरकारले आगामी दिनमा यसअनुसार नै आफ्ना नीति तथा कार्यक्रम तय गर्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।
यस्तो छ भण्डारीले गरेको सम्बोधनको पुर्णपाठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार