सामसङ्गले ल्यायो ग्यालेक्सी एस २३ सिरिज नेपालमा, आजै प्री–अर्डर गर्नुहोस्
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:४६:२६
२७ माघ, काठमाडौं । सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। काठमाडौंको हायात होटलमा बिहीबार आयोजित एक कार्यक्रममा यो फोन सार्वजनिक गरिएको हो ।
ग्यालेक्सी एस(२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ं र ग्यालेक्सी एस अल्ट मोबाइलहरुको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रथम स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको छ ।
सो समारोहमा सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस(२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस(२३ अल्टामा नयाँ २०० मिलियन पिक्सल स्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।’
उनले अगाडि थपे, ‘यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।’
ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एक्स्पेरियस्का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएको कम्पनीले जनाएको छ । यसले ग्राहकहरुलाई कुनै पनि लाइटिङमा फोटो र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार