सिरहामा विद्यार्थी लक्षित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता

नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २३:३२:२८

२७ माघ, सिरहा । सिराहाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । धनगढीमाई नगरपालिकाअन्तर्गतका दिवाखाजा कार्यक्रम सञ्चालन भएको विद्यालयहरुमा व्यापक अनियमितता भएको पाइएको हो ।
धनगढीमाई नगरपालिका–८ इटारीस्थित कक्षा ५ सम्म पढाइ हुने जनता आधारभूत विद्यालयको हाजिरी रजिष्ट्ररमा १२६ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले अनुगमनगर्दा ८९ जना फेला परेको र त्यसमा १५ प्रतिशत ९१३ जना० संख्या थप गरी १०२ जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एक लाख ३७ हजार ७०० अनियमतिता भएको पाइएको छ ।
यस विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुने गरको स्थानीयहरु बताउँछन् । धनगढीमाई नगरपालिका–३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा ३ सम्म पढाई हुन्छ । विद्यालयको हाजिरी रजिष्ट्ररमा ९१ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ । सोही आधारमा १५ प्रतिशत थप गरेर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ । तर, गत माघ ३ गते बालकक्षासहित २५ जना विद्यार्थी उपस्थिति थिए ।
नगर भित्रका अन्य आधारभूत विद्यालयको अवस्था पनि योभन्दा फरक छैन । खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकहरुले विद्यार्थी संख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारीहरु निश्चत प्रतिशत कमिशन लिएर विद्यालयले पेस गरेकै विवरणको आधारमा सबै शिर्षकको रकम सहजै सिफारिस गर्ने गरेको आरोप छ ।
विद्यालयहरुमा दिवाखाजा तथा अन्य शिर्षकको रकम छुटाछुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिए पनि शाखाका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुले यसमा ठूलै रकमको चलखेल गर्ने गरेको नाम नखोल्ने सर्तमा एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए । उनले भने, ‘प्रत्येक विद्यालयहरुमा विर्षिक रुपमा करिव १५ वटा विद्यालय शिक्षा सुधारदेखि लिएर विभिन्न मसलन्द, नन–स्यालरी, अडिट खर्च लगायतको शिर्षकमा गरी १०० विद्यार्थीको नामांकन रहेको विद्यालयमा ५ लाखसम्म जाने गरेको छ ।’
तर, यहाँका प्रधानाध्यापकहरुले भने एक/दुई शिर्षकबाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी गर्ने गरेको उनको आरोप छ । उनले थपे, ‘प्रधानाध्यापकहरुले अहिले शिक्षा शाखाका कर्मचारीलाई नजराना नतिरे उसको बिल, भरपाई समेत फछ्र्यौट हुँदैनन् । अहिले विद्यालयहरुमा शिक्षको नाममा व्यापक रुपमा भ्रष्टाचार मौलाएको देखिन्छ ।’
शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिने गरेको दाबी गरेको छ । नगरले शिक्षा शाखाका लागि काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुने गरेको गुनासोपछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थी संख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णय अनुसार गरेका छौं ।’
यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममा हुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जाने शिक्षकहरु बताउँछन् । नगरपालिकाले वडा नम्बर ८ स्थितको जनता माध्यामिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदीपकुमार साहलाई शिक्षा शाखाका लागि काजमा खटाइ उनको सट्टा शिक्षक भर्ना गरी तलबभता खुवाउने गरेको स्थानीयहरु बताउँछन् ।
धनगढीमाई नगरपालिकामा ८ वटा माध्यामिक विद्यालय २५ वटा आधारभूत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय छन् । २०७८/७९ मा इमिसको आधारमा करिव १० हजारभन्दा माथि विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजी विद्यालय रहे पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाए ।
नगरमा रहेका जम्मा ३७ विद्यालयको लागि गत आर्थिक वर्षमा पालिकाले ७५ दिनको ६१ लाख ७१ हजार ७०० रुपैयाँ र चालू आर्थिक वर्षमा ९० दिनको ५२ लाख २१ हजार पेस्कीबापतको रकम निकासा गरिएको जनाएको छ ।
राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरे पनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको छ । पछिल्लो समय राज्यले शिक्षामा जति नै लागानी गरे पनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।
-न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार