दाङ प्रहरीले स्कुटर चोरलाई मुद्दा नचलाई किन छाड्यो ?
नेपालबहस संवाददाता
माघ २७, २०७९ शनिबार १:२१:३४
२७ माघ, दाङ । गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोक टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगे । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखे र प्रहरीमा उजुरी नै दिए । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे ।
बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहिदिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएका थिए । त्यसपछि बल्ल प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटी चोरलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । स्कुटी चोरिमा सलग्न ब्यक्तिलाई जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर वली, डीएसपी राजन गौतम र मुद्धा फाँटमा कार्यरत सई देबबहादुर वली सहितका मुद्धा फाँटका प्रहरीले आर्थिक चलखेल गरेर २४ घण्टा नबित्दै मुद्धा नचलाई छाडे ।
पक्राउ परेका रानालाई छुटाउन डीएसपी गौतमलाई गुण्डा नाईकेका रुपमा चिनीएका गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङले चोरीमा संलग्न ब्यक्तिमाथि मुद्धा नचलाई छाडेको जानकारी दिएको छ । घोराही बजारको मुख्य चोकमा दिउँसै चोरी हुनु र चार दिनपछि स्कुटि फेला पारेको तर चोरलाई कारवाही नगरी छाड्नुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठको स्थानीयहरुले बताएका छन् ।
घटना यस्तो छ फुटेजमा
शोरुममा रहेको फुटेजमा देखिएअनुसार एकजना व्यक्ति बिहान ११ बजेर ५५ मिनेट जाँदा पुगेका हुन्छन् । त्यसअघि नै अर्का एकजनाले मोटरसाइकलबारे जानकारी लिइरहेका देखिन्छन् । शोरुमका कर्मचारी शिशिर घर्तीले ती व्यक्तिलाई मोटरसाइकील बारे ब्रिफिङ गरिरहेका हुन्छन् । ग्राहकको रुपमा पसेका ती व्यक्तिले पटक–पटक नजर बाहिर लगाउँछन् ।
सेकेन्ड हेण्ड स्कुटी खोज्न आएका व्यक्ति नयाँ बाइक सोधीखोजी गर्छन् । उनले बेला–बेलामा नजर लगाएकै शोरुमको पश्चिम ढोकाबाट मास्क हेल्मेट लगाएका व्यक्ति प्रवेश गर्छन् । उनीहरुबीच नचिनेको जस्तो व्यवहार देखिन्छ तर बेला–बेलामा नजर शंकास्पदरुपमा जुध्ने गर्छ । मास्क आधा खोलेका अघिदेखिनै बसेका व्यक्ति कुनै कारोबार नगरेर बाहिरिन्छन् । उनी बाहिरिदै गर्दा कुनै संकेत गरेजस्तै दुबैबीच हेराहेर हुन्छ । आपसमा बोलेको वा परिचित जस्तो अरु व्यवहार भने देखिन्न ।
शोरुमका कर्मचारी घर्तीका अनुसार यसअघि पनि आउने गरेका व्यक्ति हुन् । थोरै अघिपछि गरेर उनीहरु दुबैजना शोरुमबाट बाहिरिन्छन् । अघिल्ला व्यक्तिले शोरुम बाहिर निस्केर मोटरसाइकलमा गहिरो नजर लगाउँछन् । कसैलाई फोन गर्छन् । त्यसपछि दिउँसो स्कुटर हराउँछ । तिनै मास्क लगाएका हेलमेट लगाएका दोस्रो व्यक्ति जस्तै हुलिया भएकाले स्कुटर लगेको फुटेजमा देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार