राष्ट्रपतिको सवारीमा डाक्टर कुटिएपछि चिकित्सक आन्दोलित, ट्रमा सेन्टरका सेवा बन्द
नेपालबहस संवाददाता
माघ २७, २०७९ शनिबार २:२५:१
२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा सडमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सकलाई घाइते हुनेगरी कुटेपछि तनाव उत्पन्न भएको छ । डा.जनित सिंहलाई प्रहरीले टाउकोमा लाठी प्रहार गरी घाइते बनाएकबो भन्दै अहिले चिकित्सकहरु विरोधमा उत्रिएका छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा सिंह वीर र ट्रमाको बीचमा प्रहरीले कुटपिट गरेको सेन्टरका कर्मचारीले बताएका छन् । ति कर्मचारीका अनुसार प्रहरीले टाउकोमा हिर्काउदा रगत आएको र त्यसपछि भिड पनि जम्मा भएको हो । विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोकेका छन् । दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएर आन्दोलनमा लागेका छन् ।
अहिले प्रहरी र आन्दोलनरत चिकित्सकबीच छलफल चलिरहेको छ । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम पनि गरेका थिए । संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।
उनको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले कारवाहीको मग पनि गरेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभनसमेत भएको थियो । सडकमा हिँडेका डाक्टरमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको र हातको औँठी र पर्स पनि प्रहरीले नै लगेको एक स्वास्थ्यकर्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार