परिवर्तनकारी सरकार ! प्रचण्ड सत्ता डगमगमा काँप्दै बस्ने कि केही काम पनि गर्लान् ?
भेषराज पोखरेल
माघ २८, २०७९ शनिबार १३:३२:४९
लामो समय विद्रोही युद्ध नायक, परिर्वतनको बाहक । अझ आफूलाई सर्वाधिक क्रान्तिकारी कम्युनिष्ट भनिएका माओवादीका नेता । त्यस्ता नेताले सत्ता आफ्नो हातमा आएका बेला कसरी उपयोग गर्लान् ? देशमा भएका यावत् कमीकमजोरीलाई हटाउन कति समय खर्चेलान् ? दलाल पुँजीपतिको अर्थतन्त्रमा नियन्त्रण, विकास निर्माण दलाल ठेकेदारको चंगुलमा । देशलाई यी कुराबाट मुक्ति दिलाउन कति समय लाग्ने होला ? आमसर्वसाधारणको पहुँचबाट टाढा गएर ठूलाबडाको कब्जामा रहेको न्याय कहिले फर्काइएला ? कि यी सबै कुरा चटक्कै बिर्सिएर निरीह प्रधानमन्त्री बन्ने त होइनन् माओवादी अध्यक्ष प्रचण्ड ? शंका लाग्न थालेको छ ।
नेपालको राजनीतिलाई नीतिगत रुपमा आफ्नो पक्षमा हिँडाउन सफल नेताका रुपमा लिइँदै आइएका हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । लामो समय विद्राहलाई हाँकेर आफू र माओवादी केन्द्रलाई सत्ता वा त्यसको वरिपरि राख्न सफल प्रचण्ड अहिले भने के गर्ने, कसो गर्ने भन्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री खान कांग्रेस छाडेर ओली कित्तामा पुगेका दाहाल प्रधानमन्त्री त भइयो तर अब उठ्नै नसकिने गर्तमा परिने पो हो कि भन्ने मानसिकतामा पुगेको देखिएको छ । त्यसैले कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार भनिरहेका छन् । उनको दलले लडेको विद्रोही युद्धलाई बलियो तथा क्रान्तिकारी कम्युनिष्ट सरकार दिनेमा केन्द्रित भएको भनियो । संविधान निर्माणपछि भएको दोस्रो आमनिर्वाचनको परिणाम र उनको महत्वाकांक्षाले राजनीतिभित्रको दलालीकरणका संरक्षक केपी ओली र आइएनजीओ, एनजीओको अभ्यासमा रमाएका अधिकांश नेता भएको एमालेको कृपामा रमाउनुपर्ने अवस्थामा पुर्याइदिएको छ । क्रान्तिकारी तथा आमूल परिवर्तनकारी सरकार दिने भन्दै भाषण गर्दै हिँड्ने दाहाल नेतृत्वको सरकार दिशाहीन र ढल्पलको अवस्थामा छ । यस्तो सरकारले देशमा साँच्चै कुनै परिवर्तनको छनकसम्म दिन ज्यादै कठिन छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले कम्युनिष्ट एकीकृत हुनुपर्छ भनिरहेका छन् । त्यस्तो एकीकरण कुन दलसँग गर्ने होलान् ? सबैभन्दा ठूलो कम्युनिष्ट दल एमालेसँग ? अरु साना दलसँग ? दाहालले ओलीको असंवैधानिक कदमका कारण तत्कालीन नेकपा विभाजन गरे । ओलीको कदममा अदालतले ब्रेक लगाइदिए पनि ओली आफ्नो निर्णयमा टसको मस भएका छैनन् । बरु अझ थप रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसलाले कसलाई न्याय दियो भनेर फैसलाको घुमाएर निन्दा गरेका छन् । लामिछानेबाट भएको संविधान र कानुनको बेवास्तालाई समर्थन गरेका छन् । यस्तो अवस्थामा संविधानविरोधी कदम सच्चिने आशा गर्न सकिने कुनै ठाउँ रहला ? पछिल्लो समय प्रचण्ड छटपटाउन थालेको देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षलाई कुनै न कुनै पद दिलाउन पाए कांग्रेसले आपत पर्दा थाम्ला कि भन्ने आशामा योजना बुन्न लागिरहेका छन् । उनलाई ओलीको तापले पोल्न थालेको स्पष्ट हुन्छ, नभए कम्युनिष्ट पार्टी एमालेसँगको सहकार्य छँदै छ, सरकारलाई पूर्णता दिएर बलियो र निश्चित निर्णय गर्दै दह्रोसँग अघि बढ्न किन रोकिने ? उनले राष्ट्रिय सहमति गरेर अघि बढ्ने त भनेका छन् तर उच्चस्तरीय संयन्त्रमा सहभागी दलहरुबीच नै खटपट सुरु हुन थालेको संकेत देखिँदैछ ।
वास्तविक कम्युनिष्ट सरकारका रुपमा स्थापित हुने हो भने अहिले नै जनवाद वा समाजवाद ल्याउन नसके पनि सत्ता हातमा आउनासाथ सरकारी विद्यालयको शिक्षालाई सुधारको बाटोमा लगेर गरिबमुखी बनाउन सकिन्छ । सरकारी औषधालयको गुणस्तर सुधार गर्न तत्काल कदम चाल्न सकिन्छ । राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सकिन्छ । ती चिवनमा तरकारी नबिकेर सडकमा फाल्न बाध्य भएका किसानको तरकारी बजारमा पुर्याएर उचित मूल्य पाउने अवस्था सिर्जना गर्न सकिन्छ । दूग्ध उत्पादक, उखु कृषक, अदुवा, अलैंची, चिया उत्पादकदेखि अन्यका समस्या तत्काल हटाउन दह्रो पहल गर्न सकिन्छ । योजना बन्ने र ठेक्का दिने कुरा दलालको चंगुलबाट छुटाएर प्रतिस्पर्धात्मक रुपमा अघि बढाउने नीति लिन सकिन्छ । बिडम्बना यस्तो परिवर्तनकारी भनिएको दलको नेतृत्वमा बनेको सरकार काँप्दैछ । शिक्षासम्बन्धी विधेयक संसदको विधायन समितिमा पेस भयो तर त्यो विधेयकले सरकारी शिक्षालाई बलियो बनाउन जोड दियो कि निजी क्षेत्रबाट सञ्चालित शिक्षालाई ? सांसदहरु जिल परे, उनीहरुले यो विधेयक फिर्ता लिन सरकारलाई भनेका छन् । अन्य विधेयक पनि जनताको हितमा नभएर अदृश्य समूहको हितमा बन्ने वा संशोधन भएर त्यसै दिशामा जाने देखिएको छ । विभेदपूर्ण र निश्चित समूहको हितमा बन्ने नियम कानुनले दलालीकरणलाई थप बल पुर्याउला कि हटाउला ? प्रश्न तेर्सिएको छ ।
आफूलाई परिवर्तनकारी हुँ भन्ने दल वा नेताले राज्यसत्ता आफ्नो हातमा आएका बेला तत्काल राष्ट्र र जनताको पक्षमा कदम चालिहाल्नुपर्छ । पर्खेर, हेरेर बस्ने हो भने समय अर्कै बन्न जान्छ । मैदान खाली गरेर लौ तँलाई मन लागेको गर भनेर कसैले पनि भन्दैन । यस्तो सोचेर बस्नु महामूर्खता हो । दाहालले एमालेको सहयोगमा प्रधानमन्त्री पाए पनि अब तत्काल राष्ट्र र जनताको पक्षमा विशेष कदम चाल्ने हो भने एमालेले केही पनि गर्न सक्दैन । थोरै समयमै सत्ताबाट बाहिरिन परे पनि विशेष सुरुवात गर्न सकियो भने जनताले सम्झिरहनेछन् । त्यस्तो हिम्मत उनमा देखिएको छैन । विश्वका नयाँ सोच भएका, परिवर्तनका बाहक नेताहरुले छोटो समयको अवसर पाउँदा पनि आफ्नो क्षमता देखाएर स्थापित भएका छन् । होइन, राष्ट्रपति एमालेलाई नदिएर ओलीको तेज कम गर्न सकिन्छ कि, आफू लामो समय सत्तामा बस्न पाइन्छ कि भनेर दायाँबायाँ हेर्दा न राष्ट्र हितमा काम गर्न सक्नेछन् न जनताको पक्षमा । प्रधानमन्त्रीमा नाम झुन्ड्याउने मात्रै हो भने आफूलाई परिवर्तनकारी भन्नुको कुनै अर्थ रहनेछैन ।
दाहालले कस्तो सरकार दिन चाहेका हुन् भन्ने कुरा स्पष्ट छैन । एमालेसहित सबै दल तथा कांग्रेसलाई पनि समेटेर शक्तिशाली बन्न चाहेका हुन् भने यो सम्भव छैन । दह्रो प्रतिपक्षीविहीन सरकार लोकतन्त्रको हितमा हुने छैन । होइन, कम्युनिष्ट तथा त्यससँग नजिक हुन सक्ने दलहरुलाई समेटेर बलियो बन्न चाहेका हुन् भने पनि अरुलाई विश्वासमा लिन सकेको देखिँदैन । यही अवस्थामा त दाहालले कुहिरोको काग जस्तै बाटो हराएका बन्नेछन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार