कर्णालीमा विद्यार्थी अनुपातका शिक्षक नहुँदा समस्या
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार १८:५०:१२
हेमन्त केसी
२८ माघ, सुर्खेत । जटिल भुगोलका साथै प्रयाप्त पूर्वाधारको अभावमा समस्य भोग्दै आएको कर्णालीमा विद्यार्थी अनुपातका शिक्षक नहुँदा समस्या हुँदै आएको छ ।
विद्यालय जान मात्र एक घण्टा पैदल हिड्नुपर्ने त्यसमा पनि बस्ने ठाउँमा नपाउदा भुइ मै बस्नु पर्ने कथा कर्णालीका लागि सामान्य बेथा मात्र हो । आधारभुत तह पढदासम्म पाठ्यपुस्तकको पाठ पुरै पठन समेत मुस्किल हुने कर्णालीका लागि नयाँ भने होइन । भएका शिक्षकले समेत व्यापार , ठेक्का र अन्य व्यवसाय गरेर विद्यालयमा पढाउनतर्फ ध्यान नदिदा कर्णालीको शैक्षिक अवस्था कम्जोर बन्दै गएको छ ।
निजी क्षेत्रका विद्यालयमा बिद्यार्थीहरु भर्ना दर वर्षेनी बढदै गएको छ । सामुदायिक विद्यालयमा वर्षेनी घटदै गएको छ । विद्यालयमा रहेको प्रधानाध्यापकले आफन्त मात्र भर्ती गर्दा शैक्षिक अवस्था झन बिग्रिदो अवस्थामा पुगेको छ । विद्यालय व्यवस्थापन समितिका समेत आफन्तलाई ल्याउदा विरोध गर्नेको मुख थुन्ने प्रयोस हुँदै आएको नागरिक अगुवार राजेन्द्रविक्रम शाहले बताए । निजी स्रोतबाट राखिएका शिक्षक समेत अधिकांश शिक्षककै आफन्त रहेका छन् । यो कर्णालीका १० जिल्लाकै समस्या हो । अहिले कर्णलीका १० जिल्लामा भारी मात्रामा शिक्षकको दरबन्दी खाली रहेको छ । सरकारले पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ ।
हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षकको नियम छ । कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्डअनुसार शिक्षक पाएका छैनन् । शिक्षक र विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलानको प्रयास गरिए पनि समस्या समाधान हुनसकेको छैन । विद्यालय सङ्ख्या धेरै र दरबन्दी कम भएकाले दरबन्दी मिलान गर्न समस्या भएको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूले बताएका छन् ।
दैलेखस्थित समन्वय एकाइका निमित प्रमुख रतन विष्टका अनुसार प्राविमा अहिले कायम रहेको दरबन्दीमै पनि दुई सय हाराहारीमा शिक्षक दरबन्दी खाली छ । यस्तै रुकुुमपश्चिममा प्राविमा २८ दरबन्दी थप गर्न माग गरिएको छ निमाविमा चार र माविमा एक जनाको दरबन्दी माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनमगरले बताउनुभयो । जुम्लामा प्राथमिक तहका चार सय ४० दरबन्दीमध्ये ४१ दरबन्दी खाली छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुुख मक्कर भण्डारीका अनुसार जुम्लामा निमाविमा ८० र मावि तहमा ६० दरबन्दी भए पनि अपुग भएपछि थप पाँच दरबन्दी माग गरिएको छ ।यस्तै सुर्खेतमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका शाखा अधिकृत नारायणप्रसाद पौडेलका अनुसार निमावि र माविमा तहमा आवश्यक शिक्षक भए पनि प्राथमिक तहमा अभाव छ । सुर्खेतमा एक सय ५६ मावि, दुई सय ४५ निमावि र प्राथमिक तहमा एक हजार एक सय ९१ शिक्षक दरबन्दी पदपूर्ति छ । तर प्राथमिक तहमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी रहेको पौडेलले बताए ।
यसैगरी मुगुमा तीनवटै तहका लागि एक सय छ दरबन्दी माग गरिएको छ । प्राविमा ६८, निमाविमा १३ र माविमा २५ दरबन्दी आवश्यक देखिएको शिक्षा विकास तथा समन्वय एकाइ मुगुका प्रमुख सूर्य खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार