राष्ट्रपतिलगायत बिशिष्टको सवारीका विषयमा महामन्त्री थापाले उठाए प्रश्न
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार १९:३४:५३
२८ माघ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको भन्दै यस्ता सवारीप्रति किन पुनर्विचार नगर्ने भन्दै प्रश्न उठाएका छन् । उनले उक्त घटनामा दोषीलाई कारबाहीका माग गर्दै सरकारबाट तत्काल सुनुवाइ हुनु पर्नेमा जोड दिएका छन् ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको उल्लेख गर्दै थापाले भनेका छन, ‘यस्तो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ ।’
थापाले बिशिष्ट ब्यक्तिको सवारीका लागि लागि दुईवटा काम गर्नु पर्ने सुझाव दिएका छन । ‘१० विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पु¥याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ,’ उनको पहिलो सुझाव छ ।
दोस्रो सुझावमा भनेका छन, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’ उनले आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिने, पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने जनाएका छन् ।
‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन ुनागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार