थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा नेपालबाट बरुण घले भिड्दै
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार १९:३८:५९
२८ माघ, काठमाडौं । थाइल्याण्डका मुआथाई फाइटरलाई हराउँदै नेपालकै पहिलो खेलाडीको इतिहार रचेका बरुण घले गुरुङ थाइल्याण्डमा आइतबार हुने म्याक्स मुआथाई फाइटमा भिड्दैछन् । नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका बरुणले म्याक्स मुआथाई स्टेडियममा म्याक्स मुआथाई फाइटमा भिड्न लागेका हुन् ।
मुआथाईमा संघर्ष गर्नेक्रममा नेपालबाट थाइल्याण्ड पुगेका बरुणले ५५ केजी तौल समुहमा थाइल्याण्डकै फाइटरसँग प्रोफेसनल मनी फाइटमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । इरावान मुआथाई फाइट टिमबाट प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्न लागेको बरुणले बताए ।
प्रतियोगीता म्याक्स मुआथाई स्टेडियमबाट लाइभ हेर्न सकिने छ । गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा बरुणले ५७ केजी तौल समुहमा मुआथाई प्रतियोगीतामा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास बनाएका थिए ।
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । गुरुङले नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन् ।
थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार