नेपाली राजनीतिको गाईजात्रे रिहर्सल

यज्ञप्रसाद भट्टराई
माघ २८, २०७९ शनिबार २०:४२:१

देशमा राजनीतिक स्थिरता नभई बिकास संभव छैन । पटक पटकका धंसात्मक र बिधंसात्मक आन्दोलनहरुबाट आक्रान्त बनेको नेपालमा अब त स्थिर राजनीतिक बातावरण बन्ला र देश बिकासको गतिमा अग्रसर होला भनेर अनुमान गरेर बसेका नेपालीहरुको आसामा सधैं दाँतमा ढुंगा लाग्ने बाहेक कुनै गतिलो काम भने बर्तमानका राजनीतिक दलहरुबाट अपेक्षा गर्न सकिएन् । देश विकासलाई एकल अभियान बनाएर जान नसक्दा र देशको नेतृत्व तहमा बसेर केबल बिदेशीको गोटी मात्रै बनिरहँदाको परिणाम नेपाल ४० को दशकभन्दा पनि धेरै पछि परिरहेको अवस्था छ ।
नेपालमा क्रियाशील राजनैतिक दलहरुले जतिसुकै राजनीतिक स्थिरताको कुरा गरे पनि अहिले देशको राजनीति अत्यन्तै अस्थिरतामा अगाडि बढीरहेको छ । राजनैतिक दलहरुका निरन्तरका गलत क्रियाकलापहरुबाट जनताहरु आजित मात्रै हैन आक्रोसितसमेत बन्दै गैरहेका छन् । देशमा रहेका र बनेका नीति नियम र कानूनको आफुखुसी उपयोग गर्ने नीतिले नेपालमा राजनीतिक दलहरु मात्रै हैन, कर्मचारीतन्त्र र सिंगो न्यायालय समेत अप्ठ्यारोमा पर्दै आइरहेको देखिन्छ । सरकार सञ्चालनका नटबल्टुहरु बिस्तारै खिया लाग्दै र मक्किदै जान थालेपछि सरकार सञ्चालनमा रहेका ड्राइभरहरु मात्रै हैन यसमा सवार सम्पूर्ण नेपाली नागरिकहरु नै दुर्घटनामा पर्ने अवस्था देखिदैछ । यसलाई मर्मत संभार र प्रतिस्थापन गर्नुपर्ने कुरामा अब दुई मत देखिदैन । तर यसका लागि एक देशभक्त, इमान्दार र शाहसी नेपालीको आवश्यकता परिरहेको भान हुन्छ ।
नेपालकै इतिहाँसमा सबैभन्दा बढी मत प्राप्त गरेर बनेको प्रचण्ड नेतृत्वको बर्तमान सरकार कुन बेला तासको घर झै फुस्स ढल्ने हो ? कुनै टुंगो छैन । केबल आफु जोगीने अनि अरुलाई सिध्याउने गलत राजनीतिक खेलको सिकार भोली आफै बन्नु पर्ने अवस्था संघारमै आइसक्दा पनि आफुलाई मात्रै राजनीतिको चतुर खेलाडी मान्ने बुढो र डेटएक्स्पायर नेतृत्वले कुनबेला देशलाई भडखालोमा लगेर हाल्ने हो ? टुंगो छैन । बर्तमानका राजनीतिक दलहरुका नेतृत्वकर्ताहरुका पटक पटकका क्रियाकलापहरु हेर्दा लाग्छ यीनीहरु जनताको प्रतिनिधित्व गर्दै सांसद भएर सिंहदरबार गएका होइनन्, सेटिङ्गमा पैसा कमाउन बार्गेनिङ्ग गर्न र बिदेशी मिशन पुरा गर्न गराउन बिदेशीकै इशारामा काम गर्न मात्रै राजनीतिमा आएका हुनभन्दा कसैको टाउको दुख्छ भने पेनकिलर किनेर खानुभन्दा अर्को उपाय बताउन नसकिने अवस्था सिर्जर्ना भैसकेको छ ।
अहिले विकासको कुरा एकादेशको कथा भएको छ । देशको उत्पादनले कति समय धान्न सक्छ ? भन्ने कुरातर्फ समेत देशका नेतृत्वकर्ताहरुको ध्यान जान सकेको देखिदैन । बिदेशी रेमिट्यान्सले चलेको देशमा देशभित्रै कसरी रोजगारिका अवसर सृजना गर्ने ? भन्ने कुरामा कहि कतै संसदभित्र र बाहिर चर्चा एवं बहसको बिषय बनेको देखिदैन् । केबल समृद्धिका राग अलाप्नेहरु अहिले संसद भवनमा अन्य कुनै बिषयबस्तु नपाएर अपराधिका सुरक्षाकर्मी झै देखिएका छन् । अदालतले गलत कामको सजायको फैसला सुनाइसकेको ब्यक्तिका पक्षमा रोष्टममा उभिएर तितो ओकल्नु केबल सत्ता स्वार्थ बाहेक अरु केहि हुनै सक्दैन् ।
नेपाली किसानहरु आफ्नो उत्पादनले मुल्य र बजार नपाएको भन्दै सडकमा उत्पादित बस्तु प्mयाकिरहेका छन् । देशको सरकार राजनीतिक गाइजात्रामा रिहल्र्सल गर्दैमा ब्यस्त छ । गरीव जनताहरु सरकारको नीति तथा कार्यक्रम खाएर पेट अमिलो पारिरहेका छन् । सरकार जनताका नाममा छुट्याइएको अनुदान र राहत रकम आफ्ना कार्यकर्ताका संघसंस्थालाई कसरी बितरण गर्ने भन्ने सहज बितरण प्रणाली बनाउनमै मस्त छ । सरकारको कामलाई सहज बनाउन नियुक्ति गरिएका सरकारी कर्मचारीहरुका आबरण भित्रका काला कर्तुतहरुको त यहाँ बिषय उठान गरेरै साध्य छैन । सेटिङ्गमा चलेको देशमा बार्गेनिङ्गमा बनेका मन्त्रीहरुको लावालस्कर कहिल सिंहदरबार पसेको देखिन्छ त कहिले कुनै हथकण्डामा सिंहदरबारबाट बाहिरिएको देखिन्छ । जेसुकै होस् नेपाली जनताहरु यस्ता हर्कतहरुबाट आजित भैसकेका छन् ।
देशमा प्रजातन्त्र स्थापनाको लागि स्थापित भएको नेपाली कांग्रेससमेत अहिले सत्ता स्वार्थमा रुमल्लिएको देखिन्छ । कम्युनिष्टहरुको चक्रब्यूहमा फसिसकेको नेपाली कांग्रेसलाई पार लगाउन सक्ने सक्षम नेतृत्व अहिलेसम्म पनि अगाडि आउन सकिरहेको देखिदैन् । नेपाली कांग्रेस भित्र अत्यन्तै आशा र भरोषा गरिएका नेताहरुसमेत सत्ताका लागि चूँ सम्म नबोलेको देख्दा उनिहरुप्रति समेत आम कांग्रेस कार्यकर्ताहरुको भावनामा परिवर्तन आउन सक्ने अनुमान लगाउन थालिएको छ । यतिठूलो समर्थन र साथ पाउँदा पनि देशलेसमेत आशा गरेका कांग्रेस भित्रका निष्कलंक नेतृत्वहरु किन कानमा तेल हालेर बसेका छन् ? यसका पछाडि के देश भित्रकै राजनीतिक नेतृत्व सक्रिय छ या बिदेशीहरुको समेत चलखेल हुन थालेको छ ? अनुसन्धान गर्नुपर्ने अवस्था देखिदैछ ।
नेपाली कांग्रेस भित्र अत्यन्तै आशा र भरोषा गरिएका बरिष्ठ नेता डा. शेखर कोइराला अहिले तराइका बिभिन्न कार्यक्रमहरुमा सरिक भएको देखिन्छ । उनका अभिब्यक्तिले नेपाली कांग्रेस अहिले सत्तामा नजाने बताइरहेका छन् तर कांग्रेस भित्रको एउटा समूह सरकारमा जान हतारिएर बसेको देखिन्छ । यसले के देखाउँछ भने नेपाली कांग्रेस भित्र सरकारमा जाने या नजाने बिषयमा मतऐक्यता छैन । मौका पाए जाई हाल्ने नपाए हामी त प्रतिपक्ष र्हौ प्रतिपक्षमै बस्ने भन्ने दोहोरो राजनीतिक चरित्रले कांग्रेस भित्रको दोहोरो लोकतान्त्रिक चरित्रलाई उजागर गरिरहेको देखिन्छ । कांग्रेस भित्रका आशालाग्दा युवा नेताहरु पनि अहिले कुहिरोको काग झै जता पायो त्यतै बतासिएको देखिन्छन् । निर्दिष्ट लक्ष र कार्यक्रम बनाएर जान कांग्रेसका युवा नेताहरु किन सकिरहेका छैनन ? अत्यन्तै दुःखलाग्दो बिषय बनिरहेको देखिन्छ ।
डा. शेखर कोइरालाको अभिभावकत्वमा नेपाली कांग्रेसलाई पुनः एकपटक एकताबद्ध बनाएर लैजाने बिषयलाई सार्थक रुप दिन अगाडि बढेका नेपाली कांग्रेस भित्रका आशालाग्दा युवानेताहरु धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, डा.चन्द्र भण्डारी, प्रदिप पौडेल, लगायतका नेताहरुको निस्क्रियताले नेपाली कांग्रेसभित्र दुई कुराले तर्साई रहेको भान हुन्छ, एउटा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिमा बहुमतको संख्या देखाएर उनिहरुलाई तर्साई रहेका छन् या भोली सरकार गठन गर्ने वातावरण बन्दा मन्त्री बनाइदिन्छु भन्ने लालिपपमा रमाइरहेका छन् ? या त यहाँ भन्दा बढी केहि गर्न सकिदैन भन्ने लाचार अवस्थामा पुगिसकेका हुन ? नेपाली कांग्रेसका तमाम नेता तथा कायर्ककर्ताहरुले अहिले युवा नेतृत्वप्रति हजारौं प्रश्न गरिरहेका छन् । तर युवा नेतृत्व राजधानीमा सञ्चालन हुने सभा सम्मेलनमा रमाइरहेको देखिन्छन् ।
एउटा रवि लामिछाने नामका एक व्यक्तिले एक्लै देश हल्लाई रहँदा तपाइहरु जस्ता लाखौ नेपाली जनताले आशा र भरोषा गरेका युवा नेताहरु यसरी निरिह भएर बस्न मिल्दैन भनेर नेपाली कांग्रेसका युवा नेतृत्वलाई प्रश्न गर्न मिल्ने कि नमिल्ने ? तपाइहरु यसरी मुकदर्शक बनेको हामी हेरिरहन सक्दैनौं केहि त गर्नुस भनेर सोध्न मिल्ने कि नमिल्ने ? आम कांग्रेस कार्यकर्ताहरु माझमा अहिले यहि आवाज उठन थालिसकेको छ । यसकारण अब नेपाली कांग्रेसका युवा नेताहरुले एउटा कठोर निर्णय लिनै पर्ने हुन्छ ।
नेपाली कांग्रेस प्रतिको नेपाली जनताको भरोषा र विश्वासलाई जोगाउन पनि अब तपाई युवा नेताहरु राजधानी छोडेर गाउँ पस्नु पर्छ, जनताका साथमा बस्नु पर्छ, जनताका समस्याहरुलाई सरकारसम्म पुर्याउनु पर्छ यसो गर्न सकियो भने नेपाली कांग्रेसप्रति, कांग्रेसका युवा नेतृत्वप्रति नेपाली जनताको साथ र समर्थन अझ बढेर जाने निश्चित छ नत्र समय घर्किसकेपछि पानी सुकेको पोखरीमा माछाका भूरा हाल्नुको कुनै औचित्य नरहन सक्छ ।
बर्तमानको कुरुप राजनीतिक अवस्थाबाट अब देशले मुक्ति पाउनै पर्छ । पटक पटक प्रयोगशाला बनाएर देशलाई खण्डहर बनाउने अधिकार नेपालका कुनै पनि राजनीतिक दलहरुलाई र तिनका नेताहरुलाई छैन । यसका लागि नेपाली राजनीतिमा एउटा परिवर्तनको भूकम्प आउनै पर्छ । १०४ बर्षे जहानीय राणा शासन फाल्न सक्ने कांग्रेस, ३० बर्षे निरंकुश राजतन्त्र फाल्न सक्ने कांग्रेस, १२ बर्षे जनआन्दोलनलाई सेफ लेण्डिङ गराउन सक्ने कांग्रेस, नेपाली जनताको भावना र चाहना अनुरुपको शासन ब्यवस्था ल्याउन अग्रसर भएको कांग्रेस अहिले आफै धामी र आफै बोक्सी प्रबृत्तिका ब्यक्ति तथा दलहरुका नेतृत्वलाई बोकिरहनु पर्ने कुनै आवश्यकता छैन । केबल नेपाली जनताको मुल एजेण्डा बोकेर नेपाली कांग्रेसले सांगठनिक सुधारका अभियान चलाउने हो भने नेपालमा नेपाली कांग्रेसलाई चलाउन सक्ने अर्को कुनै राजनीतिक दल उत्पादन हुनसक्ने कुनै राजनीतिक आधार पनि देखिदैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसरकार विशेष कामभन्दा नेतृत्वको अहममै अल्मलिन खोजेको हो ?
फागुन १७, २०८१ शनिबार
मदहोस् प्रजातन्त्र, लठ्ठिएको सरकार अनि हौसिएका राजावादी
फागुन १६, २०८१ शुक्रबार
मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध
फागुन १४, २०८१ बुधबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य विदेशी मुद्रा कति पुग्यो ?
फागुन १८, २०८१ आइतबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार