राष्ट्रपतिको निर्वाचनपछि देश नयाँ राजनीतिक परिवेशमा जान्छः नेपाल
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार २१:१७:२६
२८ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि नेपाल नयाँ राजनीतिक परिवर्तन आउने बताएका छन् । उनले नेपालको राजनीति अहिले कै परिवेशमा नरहने दावी पनि गरेका छन् । नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरूवात भएको बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको दाबी गरे । उनले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्ने दाहोर्याए ।
नेपालले भने, ‘भर्खरै सुदूरपश्चिमको सरकार ढल्यो । अब नयाँ सरकार बनेको छ । त्यो सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छन् । हिजो यो पार्टीको केही अर्थ छैन भन्नेहरूलाई जवाफ मिलेको छ । नेकपा एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त त्यसको पहिलो सुरूवात भएको मात्रै हो ।’
उनले निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश नहुन र हौसलालाई बुलन्द राख्न नेता कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले राष्ट्रपतिको निर्वाचनपछि देशमा नयाँ राजनीतिक परिवेश सिर्जना हुने समेत दाबी गर्दै भने, ‘देश नयाँ परिवेशमा पुग्दैछ । अहिले सबैतिर चर्चा छ, राष्ट्रपति पदको । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्, उनीहरूलाई दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । यो मैले संकेत मात्रै गरेको हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार