चिकित्सक संघले गर्यो भोली आकस्मिकबाहेक देशभर स्वास्थ्य सेवा बन्द गर्ने निर्णय
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार २३:३३:४५
२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीको सवारीका क्रममा भएको प्रहरी दमनको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकास्मिक बाहेकका सेवा बन्द हुने भएका छन् । प्रहरी दमनको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरेको हो ।
संघले बैठकपछि जारी गरेको विज्ञप्तीमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न यस्तो निर्णय लिइएको जनाइएको छ ।
बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको व्यहोरा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै संघले आपत्ति जनाएको छ । सो घटनामा सम्लग्न भएको भन्दै एक प्रहरी जवानलाई निलम्बन गरिए पनि यस्तो आदेश दिने काठमाडौंका प्रहरी प्रमुखमाथि कारवाही हुनपर्ने र राष्ट्रपतिले लिखित माफी माग्नुपर्ने भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार