आन्दोलन फिर्ता लिएर अस्पताल खोल्न चिकित्सक संघ सहमत
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १७:१६:५३
२८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तापछि नेपाल चिकित्सक संघले सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेकाे हाे ।
गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
वार्तापछि संघका अध्यक्ष डा. लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ ।
साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ । सङ्घ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो ।
वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते भएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।
वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।
सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ‘संशोधसहित’ ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
अन्य प्रतिनिधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत सागर अधिकारी थिए ।
हेर्नुहोस् सहमति पत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार