लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १८:३९:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/football_ZmMSQAawQN.jpg)
२९ माघ, दोधारा चाँदनी । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । “हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन”, उनले भने, “यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।”
उनका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू दुई लाख ११ हजार एक सय ११ सहित ट्रफी, उप–विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितमा उत्कृष्ट खेलाडीलाई नगद रू दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच÷पाँच हजार प्रदान गरिनेछ । क्लबले प्रतियोगिताकोे पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट अरिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार