लुम्बिनीमा शपथ ग्रहणका लागि बनाइएको मञ्च हुरीले उडाएपछि २ घण्टा ढिला गरी मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २१:३१:१८
२९ माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त भएका मन्त्रीलाई आइतबार शपथ खुवाएका हुन् ।
दिउँसो १ बजे प्रदेशसभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावाहुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला भएको हो । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
महरा र इन्द्रजित माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेबाट बनेका हुन् । मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।
यो प्रदेशमा जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् । उनीहरुले गिरी नेतृत्वको सरकारलाई भने समर्थन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार