केड र इसेवाबीच सम्झौता, इसेवा मार्फत केडका सामाग्री सजिलै खरिद गर्न सकिने
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २२:१७:२५
२९ माघ, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तनी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी प्रा.लि. बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन ।
उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण (payment integration) गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने कुरा व्यक्त गरे । यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवाबीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरे ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ८५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
गुण समूहद्वारा स्थापित र प्रवद्धित केड कम्पनी प्रा.लि. ले विगत पाँच महिनादेखि केड ब्राण्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ । दरबार मार्गको दरबार मलको पहिलो तल्लामा अवस्थित केडले छोटो समयमै ग्राहको मन जित्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार