कूल वस्तु निर्यात ३२ प्रतिशतले कमी, राेजगारका लागि जाने संख्यामा अधिक वृद्धि
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २३:६:३६
२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलेले आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा राष्ट्रिय अर्थतन्त्रको बुँदागत विश्लेषण गरिएको छ ।
उनले आफूले मुलुकमा राजश्व संकलन अवस्था निकै कमजोर भइरहेको अवस्थामा मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै त्यसलाई सुधार्ने कोशिस गरिरहेको बताए । वस्तू निर्यातको अवस्थामा निकै कमीको तथ्यांक पेश गरे ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को ६ महिनासम्म कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कमी आई रू. ८० अर्ब ८१ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको जनाइएको छ । अन्य वस्तु निर्यातमा कमी आएपछि आयात प्रतिशत बढेकाे उनकाे दाबी छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रू. ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ५१।१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन र अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई रू. ७ खर्ब ११ अर्ब ८६ करोड कायम भएको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो ।
यस्तै, चालु आवको छ महिनासम्ममा विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) २४.३ प्रतिशतले वृद्धि भई रू. ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संस्थागत तथा व्यक्तिगत गरी नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको उल्लेख छ । उनले समीक्षा अवधिमा शोधनान्तर स्थिति रू. ९७ अर्ब १० करोडले बचतमा रहेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार