छापा मार्दै बार्गेनिङ गर्दै राजश्वका ओझा
नेपालबहस संवाददाता
माघ २९, २०७९ सोमबार ०:९:४
२९ माघ, विराटनगर । विराटनगर महानगरपालिका भित्र संचालन हुँदै आएका व्यवसायिक प्रतिष्ठानमा राजश्व अनुसन्धान कार्यालय सुनसरीले एक महिना यतादेखि लगातार छापामारी गर्दा व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानमा आतंक सृजना भएको कुरा थाहा भएको छ ।
राजश्व चुहावट भएको तथ्यपरक घटना भन्दा व्यवसायिक प्रतिष्ठानसँग बार्गेनिङ गर्ने उद्देश्यले मात्र छापामारीको क्रम शुरु भएको समाचार नेपालबहसले निरन्तर उजागर गर्दै जाँदा पनि राजश्व अनुसन्धान सुनसरीले विशेषगरी साँझ ४ बजे देखि राती ७ बजेसम्म व्यवसायिक फर्ममा राजश्व अनुसन्धान कार्यालयका प्रमुख खेम ओझा आफै संलग्न रहेर छापामारी गर्ने गरेको रहस्य पनि खुलेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै मातहतमा राखेको राजश्व अनुसन्धान विभाग अन्तरगतको राजश्व अनुसन्धान कार्यालय सुनसरीको टोलीले कार्यालय प्रमुख खेम ओझाको नेतृत्वमा सुरक्षाकर्मीको दलबलसहित पुगेर व्यवसायिक प्रतिष्ठानका कागजात समेत नियन्त्रणमा लिने गरेको गुनासो व्यवसायिक प्रतिष्ठानहरुको छ ।
यसरी राजश्व अनुसन्धानबाट छापा मारेर नियन्त्रणमा लिएपछि प्रमाणसहित अदालतमा मुुद्दामा जानुपर्नेमा अनुसन्धान प्रमुुख ओझा व्यवसायीहरुसँग सोझै बार्गेनिङ्गमा जाने र मुद्दा मिलाउने काममा सक्रिय भएको दावी व्यवसायी स्रोतको छ । प्रमुख ओझाले कार्यालयमा भएका गोप्य कुरा धमाधम बाहिरिन थालेपछि कार्यालय समयपछि व्यवसायीहरुसँग बार्गेनिङ्ग सुरु गर्ने गरेको दावी राजश्व स्रोतको छ ।
यसअघि राजश्व अनुसन्धान कार्यालय सुुनसरी प्रधानमन्त्री कार्यालय मातहतमा रहने तत्कालीन ओली सरकारको निर्णय पश्चात मणी हराएको सर्प जस्तै बनेको अवस्थामा भएको बेला पछिल्लो समयको सक्रिय छापामारीपछि राजश्वको उद्देश्य अरु केही नभएर कमाउ प्रवृत्ति मात्र भएको कुुरा बताउन थालिएको छ । पछिल्लो क्रममा बढेको राजश्वको छापा प्रकरणले स्थानीय व्यापारी र उद्योगीहरुमा त्रासको वातावरण सृजना हुन पुगेको भन्दै गुनासो बढ्न थालेपछि सेटिङ्ग मिलाउनका लागि प्रमुख अनुसन्धान अधिकृत खेम ओझा आफै काठमाडाैं पुगेको बताइन्छ । उनी काठमाडौं पुगेर आएपछि खुलेयाम रुपमा अफिस समय पछि बार्गेनिङ्ग नै अनुसन्धान कार्यालय भित्रै सुरु भएको दावी पनि व्यवसायीले गरेका छन् ।
यसरी यहाँ संचालित व्यवसायिक फर्ममा प्रधानमन्त्री कै मातहतमा रहेको कार्यालयबाट छापा हान्ने र व्यवसायीलाई तर्साउने काम सुरु भएपछि अहिले करिडोर भित्र आतंक सृृजना भएको दावी पनि ती व्यवसायीको छ । स्वयं प्रधानमन्त्री आफूले आफनै मातहतमा राखेको कार्यालयबाट व्यवसायीमाथि नै पछिल्लो समय व्यवसायिक आक्रमण भएकोमा औद्यागिक करिडोरमा नै चिन्ता ब्यक्त गर्न थालिएको छ ।
छापा प्रकरण बारे राजश्व अनुसन्धान कार्यालय सुनसरीका प्रमुख खेम ओझा स्वयं प्रशासन क्षेत्रबाट राजश्व प्रमुखमा विशेष निगाहले नियुक्त भई आएपछि राजश्वका सम्बन्धमा त्यति जानकार नभएका कारण नै अहिले चलेको राजश्वको छापाआतंक स्वार्थसिद्धका लागि कमाउ प्रवृत्ति मात्र भएको दावी समेत गर्न थालिएको छ । उता अनुसन्धान प्रमुख ओझामाथि लागेका आरोपका सम्बन्धमा तथ्य कुरा बुझनका लागि पटक पटक फोन सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क भने हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार