नेपालको राजनीतिक परिर्वतनमा शिक्षकहरुको भूमिका अविस्मरणीयः सांसद तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १८:४५:३५
१ फागुन, बर्दिया । नेपाली कांग्रेसका युवा नेता तथा लुम्विनी प्रदेशसभा सांसद जन्मजय तिमिल्सिनाले नेपालको यूगान्तकारी राजनीतिक परिर्वतनमा नेपाल शिक्षक संघको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
०४६ सालको परिर्वतन पछि गठित प्रजातन्त्रवादी शिक्षकहरुको संगठन नेपाल शिक्षक संघले प्रजातन्त्रको स्थापनार्थ राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै सांसद तिमिल्सिनाले लोकतन्त्रको संस्थागत विकासमा प्रजातन्त्रवादी शिक्षकहरुले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बर्दियाको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रदेश सांसद तिमिल्सिनाले शिक्षक एउटा असल मित्र, एक दार्शनिक र एक पथप्रदर्शक भएको बताए । शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने, बाटो देखाउने, निर्देशित गर्ने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने व्यक्ति भएको उनले बताए ।
अधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा बोल्दै सांसद तिमिल्सिनाले भने, भनिन्छ, शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ ,शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।
नेपाली शिक्षकहरुलाई सधैँभरी राजनीति गरेको आरोप लाग्ने गरेको बताउँदै सांसद तिमिल्सिनाले भने, शिक्षकले राजनीति गरेकै कारण सार्वजनिक शिक्षाको अवस्था खस्केको आम बुझाई रहेकाले समग्र जिल्लामै शिक्षाको गुणस्तर बलियो बनाउन ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
सामाजिक चेतनाको ज्योति बाल्ने काममा केही पढे–लेखेका र सामाजिक चेतना भएका युवाहरू नै संलग्न थिए । तीमध्ये अधिकांश पछि शिक्षक नै बने । समाज परिवर्तन गर्नुपर्छ भन्ने अन्तरप्रेरणा र अठोटका कारण नै उनीहरूले शिक्षणकार्य रोजेका थिए । यो काम आफैंमा राजनीति पनि हो । हामीकहाँ शिक्षा, शिक्षक र राजनीति निरन्तर रूपमा एकअर्कामा अन्योन्याश्रित रहँदै आएका छन्, सांसद तिमिल्सिनाको भनाई थियो ।
“अहिले हामीले राजनीतिलाई नकारात्मक रूपबाट बुझन थालेका छौं । कुनै पार्टीको झण्डा बोकेर हिँड्ने, जिन्दावाद र मुर्दावादमा सीमित हुने र व्यक्तिगत लाभ–हानिका लागि गरिने दौडधुप नै राजनीति हो भन्ने भ्रम समाजमा पर्न गएको छ । तर, त्यो यथार्थ होइन । राजनीति भनेको परिवर्तनको वाहक हो, सत्तामा पुग्ने साधन मात्र होइन । राजनीति परिवर्तनको लागि हुन्छ र त्यो सिर्जनशील पनि हुन्छ ।” उनको भनाई थियो ।
स्थानीय स्तरमा शिक्षाको गुणस्तर उकास्न एवं विद्यालयको संस्थागत क्षमता विकास गर्न ठोस नीति, रणनीति, कार्यनीति, योजना र कार्यक्रमहरु निर्माण गर्न स्थानीय सरकारहरु चुकिरहेको सांसद तिमिल्सिनाले बताए।
नेपाल शिक्षक संघ बर्दियाको ९ औं जिल्ला अधिवेशनबाट सर्वसम्मतिले अध्यक्षमा माधवराज ढकाल, उपाध्यक्षमा लक्ष्मी पौडेल, उपाध्यक्ष योगेन्द्र कुमार चौधरी, सचिवमा नारायण पौडेल र सहसचिवमा सुनिल यादवसहितका सदस्य चयन गरेको छ । अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं संघीय सांसद किशोर सिंह राठौर र विशिष्ठ अतिथिमा केन्द्रीय सदस्य एवं संघीय सांसद सञ्जय गौतमको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार