चार करोडमा बहुप्राविधिक शिक्षालय भवन निर्माण हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १७:७:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/shuklafata_fcHtz2l3AR.jpg)
१ फागुन, कञ्चनपुर । जिल्लाको शुक्लाफाँटामा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रु ४ करोड पाँच लाखको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउण्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयका प्रमुख दिपक बिष्टले बताए ।
“असोज महिनाभित्रै निर्माणको कार्य पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ”, उनले भने, “सम्झौताअनुसार निर्माणको कार्य भइरहेको छ ।” उनका अनुसार निर्माण भइरहेको शिक्षालयको भवनमा ११ वटा कक्षा कोठा, शौचालय निर्माण हुनेछन् ।
निर्माण भइरहेको भवन पूर्णरुपम भूकम्प प्रतिरोधी हुने उहाँले जानकारी दिए । शिक्षालयको आफ्नो भवन नहुदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको नगरपालिकाको वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर साउँदले बतााए ।
शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष रु २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । सिभिलमा ४८, मेकानिकलमा २४ र अटोमोबाइलमा २४ गरी ९६ विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।
शिक्षालय स्थापनाको पहिलो वर्ष कक्षा सञ्चालन र कार्यालय व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले रु ५० लाख रकम अनुदानस्वरुप उपलब्ध गराएको निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए ।
“शिक्षालय स्थापना गर्दा केन्द्रबाट बजेट निकासा नभए पछि नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई कक्षा सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “आर्थिकरुपमा कमजोर रहेका परिवारले प्राविधिक शिक्षा पढाउन बालबालिकालाई टाढाको विद्यालय पठाउन सक्ने अवस्था थिए, अहिले घर दैलोमै प्राविधिक शिक्षा पढ्न पाएका छन् ।” गुणस्तरीय शिक्षामा जोड दिनका लागि लाग्नुपर्ने उनको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार