दाङमा स्कुटर चोरी प्रकरणः एसपीको संयोजकत्वमा छानविन समिति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १८:२०:३
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal-Police-Dang-District-Office_q7dxZ1hDUH.jpg)
१ फागुन, दाङ । दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानविन गर्न समिति बनाएको छ । चोरलाई नियन्त्रणमा लिएर छाडेको विषयमा समाचार प्रकाशित भएपछि प्रदेश कार्यालयले छानविन समिति बनाएको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राइले घटना बारे ध्यानाकर्षण भइसकेको भन्दै घटना बारे यथार्थ छानविन गर्न लागेको बताए । ‘प्रदेश कार्यालयबाटै छानविन समिति बनेको छ’, डीआईजी राईले भने । घोराहीको मुख्य चोक बीपीचोक नजिकै रहेको टीभिएस शोरुमबाट दिउँसै स्कुटर चोरिएपछि प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानविन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । इन्टरपोल बैठकबाट राजधानी आए लगत्तै उनले सो निर्देशन दिएका हुन् ।
आईजीपी सिंहको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपी नवरत्न पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको जानकारी दिए । उनले पौडेल नेतृत्वको छानविन समितिलाई एक हप्ता भित्र प्रतिवेदन पेश गर्ने र यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने निर्देशन दिएका छन् ।
यो घटनाले प्रहरी संगठनमाथि प्रश्नचिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरी घटनाको अभियुक्त मुद्धा नचलाई छुटेको भए घटनामा संलग्न जो कोही पनि कारबाही दायरामा आउने उनले बताए । गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बीपीचोकको टीभिएस शोरुमबाट नचिनेका व्यक्तिले टीभिएस स्कुटर लगेपछि शोरुम सञ्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे ।
बिष्टले सीसी क्यामरा फुटेजसहितको निवेदन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटीभी फुटेजको सहारामा स्कुटी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटी चोरीमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ । रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए । प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन । कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिवेदनका आधारमा मुद्धा चलाउने गर्छ, तर, प्रहरीले यो घटनामा मुद्धा नचलाई छोड्दा चौतर्फी चासो प्रकट भएको छ ।
र याे पनि….
दाङ प्रहरीले स्कुटर चोरलाई मुद्दा नचलाई किन छाड्यो ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार