बसको ठक्करबाट महिलाको मृत्यु घटनालाई लिएर वीरेन्द्रनगरमा पीडित र यातायात व्यवसायीबीच झडप
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १७:५०:४२
१ फागुन, सुर्खेत । वीरेन्द्रनगर बजारमा आज बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीय आफन्त आन्दोलनमा उत्रिएका छन् । मृतकका आफन्त र स्थानीय बस चालकलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहानैदेखि वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।
बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा बा४ख ८०६१ नम्बरको बसले जेब्राक्रसमा बाटो काट्दै गर्दा दिएको ठक्करबाट जाजरकोटको छेडागाड–६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो । रावत हाल वीरेन्द्रनगर–१० को बामेखोलामा बस्दै आएकी थिइन् ।
आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् । सवारी साधनमाथि तोडफोडको प्रयास गरेपनि सुरक्षाकर्मीले रोकेका छन् ।
बजारका ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । आन्दोलनकारी र यातायात व्यवसायीहरुबीच झडपको अवस्था देखिएपछि थप तनावको अवस्था उत्पन्न एको हो । झडपका क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् । वीरेन्द्रनगरमा छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।
ठक्करबाट घाइते उनलाई उद्धार गरी प्रदेश अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
घटनापछि आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरेका थिए ।
आफन्तलाई नसोधेर शव उठाइएको र बस चालकलाई पक्राउ नगरिएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार