नेपाल–भारत विदेश सचिवस्तरीय बैठक सुरु
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १८:१:११
१ फागुन, काठमाडौं । नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एती दरबारमार्गमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।
बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । क्वात्रा २ दिने नेपाल भ्रमणका लागि आज बिहान मात्र भारतबाट काठमाडौं आइपुगेका हुन् ।
भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने गर्ने युवक पक्राउ
माघ १६, २०८१ बुधबार
शेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार