कैदी अरुण चौधरीको रिटमा फागुन ३ भित्र लिखित जवाफ पेस गर्न उच्चकाे आदेश
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १८:४०:४०
१ फागुन, काठमाडौं । कैलाली जिल्ला कारागारमा कैद जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता अरुण चौधरीको रिटमा उच्च अदालत दिपायलले जिल्ला सरकारी वकिल कार्यालयको नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश देशबहादुर सार्कीको इजलासले आइतबार जिल्ला वकिल कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
‘के कसो भएको होरु निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने होरु निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका दिन ११ःबजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा उल्लेख छ ।
२०६८ सालमा जिल्लामा एक ट्याक्टरमाथि आगो लगाई क्षति पुरयाएको कसुरमा कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जनालाई दोषी ठहर गर्दै ३ महिना कैद र ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएकोमा उनी फरार हुँदै आएका बेला दुई हप्ता पहिले बाँकेको कोहलपुरबाट पक्राउ गरी जेद चलान गरिएको थियो ।
तर चौधरीले आफूलाई कैद थुनावामा पठाउने फैसलाविरुद्ध रिट लिएर उच्च पुगेका थिए । सोही रिटमा लिखित जवाफ पेस गर्न आदेश भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार