सुदुरपश्चिमका मुख्यमन्त्री शाहले भेटे रेशम चौधरी
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १९:३८:२९
२९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले काठमाडौंमा राजनीतिक सक्रियता र भेटघाटलाई तीव्रता दिएका छन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका उनले आइतबार नै डिल्लीबजारस्थित दरखोर जेलमा पुगेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेट गरेका छन् । भेटबारे उनले सावर्जनिक गरेका छैनन् ।
शनिबार काठमाडौं आउनपहिले कैलालीमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरीसँग घरेमै पुगेर भेट गरेका थिए । नियुक्त भएको ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था शाहलाई पनि अाइपरेकाे छ ।
सोही व्यवस्था पार गर्न नसक्दा पुष २७ मा नियुक्त मुख्यमन्त्री नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावल माघ २६ मा पदमुक्त भएका थिए । सोही घटना दोहोरिन नदिने शाह राजनीतिक भेटवार्तामा लागिपरेका हुन् । भेटमा देउवाबाट शाहले विश्वासकाे मत जुटाउन पहल गरिदिने अश्वासन पाएका थिए ।
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढल्दै गर्दा आफ्ना प्रदेश सांसदलाई काठमाडौंमा राखेर बसिरहेका बेला रञ्जिताले रेशमसँग राजनीतिक छलफलका लागि पटकपटक भेट गरेकी थिइन् । रेशमकै सल्लाहबमोजिम उनले सबै जना प्रदेश सांसदलाई पुष २६ गतेका दिन काठमाडौंमा सँगै राखेर कहीँ कतै जान दिएनन् । र, सुदूरपश्चिम प्रदेश सरकार ढल्न पुग्यो ।
त्यसपछि माघ २७ मा प्रदेशसभाकाे सबैभन्दा ठूलाेकाे हैसियतले कांग्रेसबाट शाह मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले रञ्जिताकै सल्लाहमा काठमाडौंमा आएर जेलमै पुगेर रेशमसँग भेट गरेको स्रोतको भनाइ छ ।
नागरिक उन्मुक्तिले विश्वासको मत दिएको खण्डमा मात्र उनको पद जोगिने संभावना छ । किनकि एमाले र माओवादी केन्द्रले मत नदिने बताइसकेका छन् । मुख्यमन्त्री पद जोगाउन उनलाई २७ जना प्रदेश सदस्यको मत आवश्यक पर्दछ । अहिले उनको पक्षमा खुलेको मत संख्या २४ मात्र छन् ।
यदि उनको पद पनि जोगिएन भने प्रदेशसभा सदस्यमध्येबाट एक जनाले आफूले विश्वासको मत लिन सक्ने आधार देखाएमा उनैलाई अन्तिमपटक मुख्यमन्त्री बनाइनेछ । उनले पनि ३० दिनभित्र विश्वासको मत पाउन नसकेको खण्डमा उनकै सिफारिसमा प्रदेशमा मध्यवधि चुनाव हुने संवैधानिक व्यवस्था छ ।
तर कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत पाएको खण्डमा उनीविरुद्ध २ वर्षसम्म अविश्वासको मत दर्ता नहुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार