मलाई पार्टीले युज एण्ड थ्रो गर्यो अनि माओवादी परित्याग गरे : विमला वली
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १९:५४:५६
१ फागुन, काठमाडौं । नेकपा माओवादीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् ।
उनले माघ २४ गते नै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाएको बताएकी छिन । उनले आफ्नो राजनीतिक उतार चढावमा बेलामा पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् ।
‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो’ उनले भनिन्, ‘पार्टीले युज एण्ड थ्रो गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।’
वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन् । तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् । पछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । माओवादीले उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो ।
लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
राजीनामापत्र
मितिः२०७९/१०/२४
क. अध्यक्ष
जिल्ला समन्वय दाङ कमिटि, नेकपा (माओवादी केन्द्र)विषयः राजीनामा सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा म दुई ठूला पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भई बनेको नेकपा पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएँ । मेरा श्रीमान दिवंगत उत्तरकुमार वलीको योग्दानको कदर गर्दै मलाई पार्टीले उम्मेदवार बनायो । श्रीमानकै लोकप्रियता, मप्रति जनताले गरेको सहानुभूति र तत्कालीन पार्टीको योग्दानले मैले प्रदेशसभामा विजयी हासिल गरेँ । तत्कालीन उपनिर्वाचनमा मलाई बढि सहयोग माओवादी केन्द्रका कमरेडहरूबाट भएको अनुभूति मलाई भयो, र मैले दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥योे । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझेँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन् । तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अबस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटिमा नजोड्ने जस्ता कार्यले मप्रति अपमान गरेको अनुभूति भएको छ । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।
धन्यवाद ।विमला कुमारी खत्री (वली) दंगीशरण ७, दाङ
निवर्तमान प्रदेशसभा सदस्य
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार