पुँजीतग खर्च निराशाजनक, आकार घटाएर अर्थमन्त्रीले गरे बजेट संशोधन
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २०:१२:२३
१ फागुन, काठमाडौं । अर्थतन्त्रको सुधार जीवन र मरणको सवाल बनेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरिहेका बेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर संशोधन गरेका छन् । पुँजीगत खर्चको अनुपात निराशाजनक देखिएपछि उनले कुल बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएका छन् । अहिले विकासे मन्त्रालयको पुँजीगत खर्च नै २० प्रतिशत पनि भएको छैन् ।
राजश्व संकलन दर घटिरहेको र वैदेशी ऋण तथा अनुदान पनि लक्ष्य अनुसार नआएकाले अर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएका हुन् । बजेटले पुस मसान्तसम्ममा ७ खर्ब ५१ अर्ब ६२ करोड राजस्व संकलन हुने लक्ष्य राखेपनि ४ खर्ब ९० अर्ब मात्रै संकलन भएको छ । उनले यसअघि २० प्रतिशत खर्च कटौती गर्ने योजना ल्याएका थिए । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका थिए ।
उक्त बजेटलाई वर्तमान अर्थमन्त्री पौडेलले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेट अनुसार स्रोत परिचालनमा समसया आउने भन्दै ठूलो अंकमा बजेटको आकार घटाएका हुन् । अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षबारे आइतबार बजेट संशोधन गरेको जानकारी दिएको थियो । आइतबार नै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवाल ठानेको बताएका थिए । लक्षित राजस्व नउठ्ने निश्चित भएपछि आम्दानी र खर्चको लक्ष्य घटाइएको मन्त्री पौडेलको भनाइ छ । बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो ।
अर्थमन्त्री पौडेलल संशोधन गरी १ खर्ब ५८ अर्ब ३९ करोड घटाएका छन् । उनले चालु आर्थिक वर्षमा १२ खर्ब ४४ अर्ब ७५ करोड ६६ लाख राजस्व संकलन हुने संशोधित अनुमान गरेका छन् । चालु वर्षको ६ महिनामा बजेटको वार्षिक लक्ष्यको ३५ प्रतिशत मात्र राजस्व संकलन भएको छ । पुस मसान्तसम्म ७ खर्ब ५१ अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य रहेकामा ४ खर्ब ९० अर्ब मात्रै संकलन भएको छ । यसरी ६ महिनाको निर्धारित लक्ष्यभन्दा २४ दशमलव ८ प्रतिशत कम राजस्व उठेको छ ।
संशोधित अनुमानअनुसार संकलन गरिएको राजस्वमध्ये संघीय सरकारलाई ११ खर्ब १ अर्ब र प्रदेश तथा स्थानीय तहलाई १ खर्ब ४३ अर्ब ७५ करोड बाँडफाँट हुनेछ । राजस्वसँगै खर्चका लागि प्राप्त हुने आम्दानीका क्षेत्रगत अंकहरूसमेत संशोधन गरिएको छ । वैदेशिक अनुदान ५५ अर्ब ४५ करोड प्राप्त हुने सुरुवाती अनुमान गरिएकामा अब ३८ अर्ब ४५ करोड मात्रै प्राप्त हुने अनुमान छ । त्यस्तै वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड प्राप्त गर्ने अनुमान गरिएकामा अब १ खर्ब ७० अर्ब ५३ करोड मात्र प्राप्त हुने लक्ष्य राखिएको छ । यस्तै आन्तरिक ऋणतर्फ २ खर्ब ५६ अर्बको सुरुवाती अनुमान गरिएकामा २ खर्ब ४० अर्ब परिचालन गर्नुपर्ने संशोधित अनुमान छ ।
मन्त्री पौडेलका अनुसार पुँजीगत खर्च पनि निरासाजनक छ । ६ महिनामा प्राय मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशतभन्दा कम छ । मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । उक्त मन्त्रालयको चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ विनियोजित ५ अर्ब ३७ करोड ७० लाखमध्ये पुससम्म १५ करोड ७० लाख मात्र खर्च गर्न सकेको छ । यो २.९२ प्रतिशत मात्र हो ।
युवा तथा खेलकुद मन्त्रालयले पनि विनियोजित ८९ करोड २८ लाखमध्ये ३ करोड १३ लाख मात्र खर्च गरेको छ । अर्थ मन्त्रालयले पनि पुँजीगत खर्च गर्न सकेको छैन् । यस मन्त्रालयले पुससम्म ३.८० प्रतिशत मात्र खर्च गरेको छ । अर्थ मन्त्रालयको चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ १० अर्ब ७ करोड ४४ लाख विनियोजन भएकामा पुससम्म ३८ करोड २४ लाख मात्र खर्च गर्न सकेको छ ।
यस्तै कृषि तथा पशुपन्छी विकास, परराष्ट्र, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च पनि निरासाजनक छ । यी मन्त्रालयमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुँजीगततर्फ १५ अर्ब ७ करोड ४८ लाख पाएकोमा ४.२८ प्रतिशत अर्थात् ६४ करोड ४८ लाख मात्र खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुससम्म ३७ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । चालु आर्थिक वर्षमा विनियोजित ३ अर्ब ९९ करोड ४३ लाखमध्ये ९.३५ प्रतिशत पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भने चालु आर्थिक वर्षमा पुँजीगततर्फ ५९ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा १०.४५ प्रतिशत मात्र खर्चिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि पुँजीगत खर्च कमजोर छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ ३ अर्ब ८१ करोड ४ लाख रुपैयाँ विनियोजन भएकामा १३.२७ प्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक वर्षमै चुनाव भएका कारण निर्माणका काम प्रभावित हुँदा पुँजीगत खर्च कम भएको अर्थमन्त्री पौडेलको भनाइ छ । कतिपय नयाँ आयोजनामा खर्च कम भएको छ भने परियोजना छनोटमै कार्यान्वयनको प्रारूप तयार नभएको देखिन्छ । राष्ट्रिय गौरवका र निर्माणाधीन बहुवर्षीय प्रकृतिका आयोजनामा पनि खर्च न्युन देखिएको छ । यसमा भने मन्त्रालयले निर्वाचन र निर्माण व्यवसायीलाई दोषी देखाएको छ ।
सबैभन्दा बढी बजेट पाउने र विकास निर्माणका काम गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुससम्मको खर्च पनि कम छ । बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार यस मन्त्रालयले पुँजीगततर्फ १५.२० प्रतिशत मात्र खर्चिएको छ । चालु आर्थिक वर्षमा यस मन्त्रालयको पुँजीगततर्फ १ खर्ब ५१ अर्ब ४४ करोड १ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमा २३ अर्ब १ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । भइसकेको कामको पनि भुक्तानी दिन नसक्दा पुँजीगत खर्च बढ्न नसकेको मन्त्रालयको दावी छ ।
सहरी विकास मन्त्रालयले पनि चालु आर्थिक वर्षको पुससम्म १४.७२ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ विनियोजित ३५ अर्ब ४५ करोड बजेटमा ५ अर्ब २१ करोड ६९ लाख रुपैयाँ मात्र खर्च भएको छ । बजेटको लक्ष्य अनुसार यतिबेलासम्म आइपुग्दा कम्तिमा ४० प्रतिशत खर्च हुनुपर्ने हो । अर्थमन्त्री पौडेलले आकार घटाएर पनि पुँजीगत खर्चमा दवाव बढाउन सकेका छैनन् । उनले खर्च कटौतीका लागि अगाडी सारेका कार्यक्रम पनि प्रभावकारी बन्न नसकिरहेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार