जनयुद्ध दिवस मनाइरहेका वैद्य र वास्तोलाका कार्यकर्ता गिरफ्तार
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २०:२६:५१
१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यक्रमस्थल नजिकै जनयुद्ध दिवस मनाइरहेका १३ जनालाई गिरफ्तार गरिएकाे छ । महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका धमेन्द्र वास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।
दुवै पार्टीले संयुक्त रुपमा जनयुद्ध दिवसका कार्यक्रम गरिरहेका बेला बहुमतका केन्द्रीय सल्लाहकार डम्बरबहादुर विष्टसहित १३ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बहुमतले जनाएको छ ।
गिरफ्तार हुर्ने अन्य नेता कार्यकर्ताहरुमा बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथ रहेका छन् ।
यस्तै क्रान्तिकारी माओवादीका प्रेम सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि पक्राउ गरेका छन् । प्रेम पाेलिटब्यूराे र हरि केन्द्रीय सदस्य रहेकाे बताइएकाे छ । शान्तिपूर्णरूपमा दिवस मनाइरहेका बेला बिनाकारण आफूहरुमाथि बल प्रयोग गरेर गिरफ्ता गरेको बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए । गिरफ्तार गरिएका सबैको तत्काल निसर्त रिहा गर्न दुवै पार्टीले माग गरेका छन् ।
प्रहरीले भने सुरक्षाका प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेका बेला नजिकै भीडभाड लागेपछि सुरक्षाका कारण गिरफ्तार गरिएको जनाएको छ । फागुन १ का दिन तत्कालीन नेकपा (माओवादी)का घटकहरुले जनयुद्ध दिवस मनाउने गरेका छन् । २०५२ साल फागुन १ माओवादीको नेतृत्वको सुरु भएको सशस्त्त युद्धको सम्झनामा उनीहरुले जनयुद्ध दिवस मनाउने गरेका हुन् ।
१० वर्ष चलेर २०६२ चैत्रमा उक्त द्वन्द्व रोकेको थियो । त्यसपछि सरकार र जनयुद्ध पक्षधर माओवादीबीच २०६५ मंरि ५ मा बृहत शान्ति सम्झौता भएपछि माओवादीका एक धार (प्रचण्ड) संसदीय व्यवस्थामा हेलिए भने वास्तोला, वैद्य, विप्लव लगायत थुप्रै समूह भने बाहिरै बस्दै आएका छन् ।
यसपटक भने प्रचण्ड प्रधानमन्त्री रहेका बेला साेमबार देशभर सार्वजनिक बिदा दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार