‘अभियन्ता’ दुर्गा प्रसाईंको ‘महाअभियान’मा पूर्वराजपरिवार, ज्ञानेन्द्र र पारस एकै मञ्चमा
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २२:५९:२५
१ फागुन, झापा । एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीका ‘भक्त’ कहालिएका मेडिकल व्यवसायी झापाका दुर्गा प्रसाईँले राष्ट्रियता र धर्म जोगाउने आफ्नो अभियानमा पूर्वराजपरिवारका सदस्यहरुलाई सहभागी गराएका छन् ।
एमालेबाट कित्ता बदलेर ढुलमुल बनेका उनले सोमबार ‘महाअभियान’ नाम दिइएको पूर्व–पश्चिम अभियानको झापाको मेची पुलबाट पदयात्रा सुरु गरेर बसपार्क बनाइएको मञ्चमा कार्यक्रम गरेका छन् । अभियानको उदघाटन मञ्चमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य अतिथि, छोरा पारस, छोरी प्रर्णिमा लगायतलाई अतिथि बनाएका छन् । ज्ञानेन्द्रले मेची पुलमा दीप बालेर अभियान उद्घाटन गरे ।
उनले अभियान उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुलाई निमन्त्रणा गरेपनि कोहीपनि सहभागी भएनन् ।
कार्यक्रममा अभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको दाबी उनले गरे । उनले आफ्नो गतिविधि कुनै पार्टी वा व्यक्तिविरुद्ध नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने गर्ने युवक पक्राउ
माघ १६, २०८१ बुधबार
शेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार