विद्युत् प्राधिकरणमा मिटर रिडरले सुरु गरे आमरण अनसन
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २३:१२:१२
१ फागुन, काठमाडौं । ज्यालादारी कायम गराउन माग राखदै नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले प्राधिकरण परिसरमै आमरण अनसन सुरु गरेका छन् । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको मिटर रिडर संघर्ष समितिले सोमबारदेखि आमरण अनसन सुरु गरेको हो । अनसनमा बसेकाहरुले ज्यालादारी वृद्धि हुनुपर्ने, गोटा पद्दती खारेज गरी दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग प्राधिकरण प्रशासनसँग राखेका छन् ।
हाल देशभर रहेका ६२३ जना यस्ता रिडरहरु रहेको उनीहरुले बताएका छन् । अहिले सम्म गोटा गन्तीका हिसावमा काम गरिहेका मिटर रिडरलाई ज्यालादारीका रुपमा राख्नुपर्ने उनीहरुको माग छ । हाल रिड गरेको मिटरको संख्याअनुसार उनीहरुले ज्याला पाउने गरेका थिए । यो नीति हटाएर दैनिक ज्यालादारीका रुपमा कायम गराउनुपर्ने उनीहरुको माग छ । यसअघि आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाए पनि प्राधिकरणले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आमरण अनुसन सुरु गरेका हुन् ।
मिटर रिडर संघर्ष समितिका एक सदस्यले अरु कुनै उपाए नलागेपछि अन्तिम विकल्पका रुपमा आमरण अनुसन सुरु गरेको बताए । उनले यो आफुहरुको रहर नभएर बाध्यता भएको र प्राधिकरण आफुहरुमाथि विभेदपूर्ण काम गरेको बताए । गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्नुपर्ने, मिटर रिडरको संख्या किटानी गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भैपरी र ६० दिन सुत्केरी बिदा दिनुपर्ने उनीहरुक माग छन् ।
प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाई पनि अन्यसरह व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् । उनहिरुको आमरण अनसनबारे प्रधिकरण प्रशासनले भने कुनै प्रतिक्रिया दिएको छैन । उनीहरु आमरण अनसनमा बसेपछि मिटर रिडरको काम पनि पुर्ण रुपले प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार