बिश्व रेडियो दिवसको अवसरमा भोजपुरी समाजद्धारा अन्तरक्रिया

नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २३:४७:१२

१ फागुन, बीरगञ्ज । बिश्व रेडियो दिवसको अवसरमा नेपाल भोजपुरी समाजले बीरगञ्जबाट प्रसारणमा रहेको बिभिन्न एफ.एम रेडियोका संचालक तथा स्टेशन प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गरेको छ ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, सल्लाहाकार मनोज मिश्र, सचिव राजेन्द्र सिंह राजपुत, कोषाध्यक्ष अशोक कुश्वाहा तथा सदस्य राजकुमार सरार्फ सहितको टोलिले नारायणी एफ.एमका स्टेशन प्रमुख बिदुर गौतम,पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, रेडियो तराईका अध्यक्ष अजय यादव, रेडियो समग्र मधेशका संचालक श्याम प्रसाद गुप्ता र सान्भी एफ.एमका स्टेशन प्रमुख सतेन्द्र यादवसंग एफ.एम स्टेशनको कार्यालयमा गई छलफल तथा अन्तरक्रिया गरेको समाजका सचिव राजेन्द्र सिंह राजपुतले जनाएका छन् ।
समाजले बिभिन्न बिद्यालयमा भोजपुरी कला संस्कृति सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमको बारेमा जानकारी गराउदै, समाजमा बजाईने ठुलो आवाजको बाजा तथा डिजेको प्रभाव निरुत्साहित गर्ने संचारले सहयोग गर्नु पर्ने बिषयमा पनि छलफल गरेको हो । एफ.एमका स्टेशन प्रमुख तथा संचालकहरुले निरन्तर साथ सहयोग गर्ने बताएका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
प्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बुधबार तोलामा ८ सयले घट्यो सुनको मूल्य
फागुन १४, २०८१ बुधबार
‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
त्रिशुललाई नेपाली सेनाको सलामी
फागुन १४, २०८१ बुधबार
साँढेसँग मनोकामना राख्दै भक्तजन
फागुन १४, २०८१ बुधबार