यातायात मजदुरमाथि नयाँ बसपार्कका ठेकेदारकाे आक्रमणपछि उग्र बन्यो प्रदर्शन, भोलिदेखि उपत्यकामा यातायात बन्दकाे घोषणा
नेपालबहस संवाददाता
फागुन १, २०७९ मंगलबार ०:२:५४
१ फागुन, काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क संचालन गर्ने ठेकेदार कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिका संचालकहरु यातायात मजदुर र व्यवसायीहरुमाथि आक्रमणमा उत्रिएपछि बालाजुमा जारी यातायाता मजदुरहरुको आन्दोलन उग्र बनेको छ ।
ट्राफिक नियमको विरोधमा सोमबार दिउँसो बालाजु चोक र माछापोखरी सडक क्षेत्रमा बस तेस्र्याएर प्रदर्शन गरिरहेका उनीहरु सरकारसँग बार्ता गर्न नयाँ बसपार्कभित्र जाने क्रममा ठेकेदार कम्पनीका संचालहरु पंकज मल्ल, हिमाल कुवँरलगायत ३० जनाको समूहले आक्रमण गरेर गम्भीर घाइते बनाइदिएकाे उनीहरूले बताएका छन् । आक्रमणपछि उनीहरु आक्रोशित बनेका हुन् ।
आक्रोशित आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् । अहिले सो क्षेत्र अशान्त रहेको हाम्रा संवाददाताले जनाएका छन् ।
आक्रमणको विरोधमा भोलि मंगलबार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला सम्पूर्ण यातायात बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल ष्यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघले सोमबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै यातायात नचालउने घोषणा गरेका हु्न् ।
आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, यातायात मजदुर रव्यवसायीको हित विरोधी ट्राफिक नियम खारेज गर्न उनीहरुले मागग गरेका छन् । उनीहरुले १० बुँदे माग अगाडि सारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा हिमपातपछि सडक अवरुद्ध, जनजीवन प्रभावित
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार