कसिलो नीतिः शेयर लगानीकर्ता निरास, ओरालो अर्थतन्त्र कसरी उकालो लाग्ने होला ?
भेषराज पोखरेल
फागुन २, २०७९ मंगलबार १४:१:३५
अर्थतन्त्रको ओरालो गति रोकिएको छैन तर बाह्य पक्षमा केही सुधार भएकाले अब माथि उक्लिहाल्छ भन्ने मान्यतामा सरकारी तथा राष्ट्र बैंक अधिकारीहरुको देखिन्छन् । भर्खरै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो । अर्थ मन्त्रालयले बजेटको समीक्षा पनि सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षमा अर्थतन्त्र ठीक ठाउँमा आए जसरी सेयरबजार, घरजग्गासम्बन्धी नीति, बैंक तथा वित्तीय संस्थाहरुले लिइरहेको ब्याजसम्बन्धमा राष्ट्र बैंकले कुनै नयाँ नीति लिएन ।
मन्दीको अवस्थामा पुगेको अर्थतन्त्र उकास्न कुनै विशेष व्यवस्था गरिएन । लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षामार्फत् सेयरबजार उकास्ने नीति अवलम्बन गरिएला कि भन्ने आशा गरेर बसेकामा निरास बन्न गएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत साना व्यवसायीलाई केही सहज हुने नीति अवलम्बन गरे पनि समग्र अर्थतन्त्र उकासिन भने कठिन छ । ठूला व्यवसायी तथा नयाँ सुरु गर्ने व्यवसाय भने बैंकको चर्को ब्याज कायमै रहेकाले कठिनाइममै रहनेछन् । अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने तथा राजस्व संकलनमा कमी आएकाले स्रोत सुनिश्चित नहुने भन्दै बजेटको आकार नै घटाएको छ । बजेट २ खर्ब ४४ अर्बले घटाएको छ । घटाएको बजेटको पनि कार्यान्वयनको सुनिश्चितता छैन । यस्तो अवस्थामा आन्तरिक अर्थतन्त्र कसरी सुधारिने होला ?
मौद्रिक नीतिको समीक्षाले २ करोडसम्मको सक्रिय अवस्थामा रहेका ऋण असार मसान्तसम्म पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्ने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको छ । यस्ता ऋणीले सञ्चालन गरेका उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण भने गर्नुपर्नेछ । यस्ता ऋणी २०८९ पुस मसान्तसम्म सक्रिय अवस्थामा रहेको हुनुपर्नेछ । अर्थात् ब्याज तथा किस्ता बुझाइरहेको हुनुपर्नेछ । अन्य सबै खाले ऋणीहरुले ०८० जेठ मसान्तसम्मका लागि साँबा, ब्याज दायित्व भाखा नाघेको एक महिनासम्म तिरे बैंक तथा नित्तीय संस्थालाई हर्जना (पेनाल) ब्याज तिर्नु नपर्ने व्यवस्था गरेको छ । यस्ता ऋणीहरु पनि गत पुस मसान्तसम्म सक्रिय भएको हुनुपर्नेछ । यी नीतिगत व्यवस्थाबाट मन्दीको मारमा रहेको उद्योग व्यवसाय सक्रिय हुने राष्ट्र बैंकले आशा गरेको बताएको छ । राष्ट्र बैंकले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था अन्तर्गत निष्क्रिय वर्गमा वर्गीकृत कर्जा नियमित हुनासाथ असल एवं सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने व्यवस्था पुनरावलोकन गर्ने बताएको छ । यसले कसिलो नीति लिने छनक देखाएको छ । अहिले अर्थतन्त्र मन्दीको अवस्थामा रहेका बेला पुससम्म नियमित ब्याज र किस्ता तिरेकाले मात्रै यस्तो सुविधा पाउने तर कमजोर भएर तिर्न नसकेका व्यापारी मारमै पर्नेछन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजमा कमी ल्याउने दह्रो नीति त अवलम्बन गरेको छैन तर बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमको व्यवस्थाको अनुगमन कडा बनाइने बताएको छ । केही समययता प्रायः सबै बैंकहरुले नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट बढी ब्याज असुल्दै आएका छन् । यो अवस्थामा बैंक तथा वित्तीय संस्थालाई सजग र जिम्मेवार बनाउन उक्त नीति लिइएको बताइएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कमजोर धितोमा ऋण प्रवाह गरिरहेको पाइएको छ । त्यसलाई रोक्न त केही हदसम्म काम देला तर कमजोर व्यवसायीलाई उठाउन सकिने छैन । राट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले धेरै छोटो समयका लागि लिने सापटी (ओभर नाइट वित्तीय तरलता सुविधा) को ब्याजदर ८ दशमलव ५ प्रतिशत रहेकोमा अब यस्तो सुवधा ७ प्रतिशत ब्याजदरमै पाउने भएका छन् । राष्ट्र बैंकले यी नीतिबाट बैंकहरुले लिने ब्याजदरमा कमी आउने दाबी गरेको छ । पहिलेको भन्दा १ दशमलव ५ प्रतिशत कममा दैनिक तरलता सुविधा पाउने भएपछि लागत कम हुने र त्यसबाट ब्याजदरमा कमी आउने राष्ट्र बैंकको भनाइ छ । अहिलेको जस्तै बैंकहरुमा निक्षेप बढिरहे यो नीतिले सहयोग गर्ला तर अर्थतन्त्र मन्दीको अवस्था चलेकाले तरलता सुविधाजनक अवस्थामा रहिरहन कठिन छ । अर्थतन्त्र मन्दीको अवस्थाबाट नउठेसम्म अपेक्षित मात्रामा बैंकहरुले ब्याज घटाउँछन् भन्न सकिने अवस्था छैन ।
कसिलो नीतिका कारण सेयर बजारमा असर परेकोमा अर्धवार्षिक समीक्षा गर्दा राष्ट्र बैंकले अवस्य पनि केही नरम नीति लेला भन्ने आशा लगानीकर्ताको थियो । सेयर कारोबारसम्बन्धी नीतिमा राष्ट्र बैंकले कुनै परिवर्तन गरेन । यो विषयमै राष्ट्रबैंक मौन छ । तरलताको समस्या हट्दै गएको र ब्याजदर पनि घट्ने अवस्थामा रहेकाले बजारले नै सेयर कारोबारलाई समारात्मक प्रभाव पार्ने राष्ट्र बैंक स्रोतले बताएको छ । गभर्नरले राष्ट्र बैंक पुँजीबजारको विरोधी नभएको बताएका छन् । मौद्रिक नीतिमा रहेको सेयर धितो राखेर १२ करोडसम्मको ऋणको सीमालाई यथावत् नै राखेको छ । बैंकले ब्याज नघटाउने र यो सीमा पनि नहट्दा सेयरबजार अपेक्षित मात्रामा उकासिने छैन ।
राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत् मौद्रिक नीतिको कार्यदिशा यथावत् नै राखेको बताएको छ । राष्ट्र बैंकका अनुसार सजगतापूर्वक कसिलो नीतिगत कार्यदिशा लिइएकाले शोधनान्तर स्थितिमा क्रमशः सुधार आएर बचतमा जान थालेको समीक्षामा उल्लेख गरेको छ । अहिलेसम्म आकाशिएको उपभोक्ता मूल्यमा पनि कमी आउन थालेको बताएको छ । राष्ट्र बैंकले यसो भने पनि आन्तरिक रुपमा उपभोग्य सामग्रीको उत्पादन घट्दै गएको तथा भइरहेको उत्पादन पनि बजारमा पुर्याउन सरकार असफल भइरहेको अवस्थामा उपभोग्य वस्तुको मूल्य घट्न कठिन छ । मौद्रिक नीतिका कारण नभएर रेमिट्यान्स बढ्न गएकाले विदेशी मुद्राको सञ्चिति बढ्न गएको हो । बेही वस्तुको आयात प्रतिबन्ध र प्रतितपत्रमा नगद मौज्दातको व्यवस्थाले सकारत्मक प्रभाव पार्नुको साटो तस्करी बढेर राजस्वमा प्रतिकूल असर परेको स्पष्ट देखिएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौ+का यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार