सार्वजनिक यातायात नचल्दा जनजीवन प्रभावित, सिंहदरवारमा वार्ता सुरु
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १५:१७:२३
२ फागुन, काडमाडौं । सवारी साधन नचलाउने घोषणा गरेको यातायात व्यवसायी र सरकारबीच अहिले सिंहदरबारमा वार्ता चलिरहेको छ । सरकार र यातायात व्यवसायी तथा मजदुरहरूबीचको विवादका कारण मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
सडकमा केही मात्र माइक्रो‚ ट्याक्सीहरू चले पनि अन्य सार्वजनिक सवारी साधन चलेका छैनन् । यातायात नचलेपछि यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य भएका छन् । निजी मोटरसाइकल‚ गाडीहरू भने चलिरहेको प्रहरीले जनाएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको भएको जानकारी दिइएको छ । वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ । सवारी नियम उल्लंघनबापतको जरिवाना रकम घटाउनुपर्ने र ५ पटकसम्म ट्राफिक कारबाहीमा परे चालक अनुमतिपत्र नै खारेज हुने प्रावधान हटाउन माग गर्दै यातायात क्षेत्रका मजदुरले गरेको आन्दोलन अनियन्त्रित बन्दा नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको थियो ।
जरिवाना रकम र चालक अनुमतिपत्रका प्रावधान सच्याउन माग गर्दै बसपार्क परिसरमा यातायात मजदुरहरूले विरोध कार्यक्रम घोषणा गरेका थिए । तर, त्यसविरुद्ध बसपार्क परिसरको व्यवस्थापक ल्होत्से बहुउद्देश्य प्रालिले मजदुरको विरोध भाँड्न खोजेपछि भड्किएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । त्यसपछि मजदुरहरू बसपार्क क्षेत्रमा सवारी तेर्साएर तोडफोड र आगजनीमा उत्रिएका थिए । त्यसविरुद्ध ल्होत्से समर्थित अर्को समूह प्रतिकारमा उत्रिँदा प्रदर्शन अनियन्त्रित बनेको थियो । त्यस क्रममा प्रहरीको बिट र प्रहरी भ्यान प्रदर्शनकारीले जलाएका थिए ।
नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।
उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार