आफ्नै अगाडि भ्यान जल्दा पनि मुखदर्शक बन्यो काठमाडौं प्रहरी

नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १९:३७:१६

२ फागुन, काठमाडौं । सोमबार अस्तव्यस्त बनेको नयाँ बसपार्क क्षेत्र मंगलबार सरकार र आन्दोलनकारीबीच भएको वार्तापछि सामान्य अवस्थामा फर्केको छ । तर काठमाडौं प्रहरी सोमबार दिनभर जसो नागरिकलाई जिउधनको सुरक्षा दिन नसकेर असफल सावित भएको छ ।
हिजो दिउँसो १ बजेका लागि यातायात मजदुरहरुले नयाँ बसपार्कमा विरोधसभा आयोजना गर्ने तय थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ घोषित आन्दोलनअनुसार संयुक्त रुपमा बसपार्कभित्रै विरोध कार्यक्रम गर्ने तयारीमा थिए । साढे १२ बजे नै श्रमिकहरु झण्डासहित बसपार्कभित्र छिर्न खोजे । तर, नयाँ बसपार्कको सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीहरुले मजदुरलाई रोकपछि सामबार घटनाले उग्ररुप लिएको हो ।
यातायात मजदुरलाई बसपार्कभित्र प्रवेश गर्न नदिने ल्होत्सेका कर्मचारीको अडान मन परेन । बसपार्कमा ल्होत्सेले उठाउने चर्को शुल्कबाट समेत पीडित रहेका यातायात मजदुर कार्यक्रम गर्न नदिने भनिएपछि आक्रोशित हुँदा आन्दोलनले उग्ररुप लिएको हो । सोही आन्दोलनमा नागरिकलाई सुरक्षा दिन खटेको काठमाडौं प्रहरी प्रमुखसहितकाे टोली आफ्नै अगाडि प्रहरी भ्यान जल्दा पनि मुखदर्शक बन्यो ।
सवारी नियम उल्लंघनमा पहिलो पटकमै १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिक प्रहरीको निर्णयदेखि सवारी प्रदुषण जाँचमा फेल भएका सवारी साधनलाई एक लाखसम्म जरिवाना लिने वातावरण विभागको कदमसम्मको विरोधमा आन्दोलित मजदुरलाई विरोध सभाका लागि नयाँ बसपार्क भित्र छिर्नै नदिने अडानपछि तनावको वातावरण सिर्जना हुन भएको घटनाले आफ्नै भ्यानको सुरक्षा दिन नसक्ने काठमाडौं प्रहरी प्रमुखले कसरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सक्लान ? यो आम काठमाडौंबासीको चासोको बिषय बनेको छ ?
घटना सोमबारको मात्र होइन, काठमाडौं प्रहरी प्रमुख सिलसिलेबार घटनामा मुछिदै आएका छन् । केही दिन अघि पनि राष्ट्रपतिको सवारी आवगमनका बेला घटेकाे घटनाले पनि प्रहरी माथिको जनविश्वास कम हुँदै गएको छ ।
तेसो त आन्दोलनमा यातायात मजदुरहरुमाथि दुव्र्यवहार भएको भन्दै भीड उत्तेजित भएपछि नयाँ बसपार्क क्षेत्रमा तनावग्रस्त बनेको थियो । मजदुरहरुले सडकमै बस र ट्रकहरु तेर्स्याए । ल्होत्सेविरुद्धको असन्तुष्टि ‘ट्राफिक प्रहरीको ज्यादती’ र वृद्धि भएको जरिवानाको विरोधतर्फ पनि मोडियो । यसैकारण उपत्यकामा चल्ने र उपत्यकाबाट छुट्ने सार्वजनिक बसहरु रोकेर थप यातायात मजदुरहरु सोमबार दिनभर जसो बालाजुमा एकजुट भइ आन्दोलनमा उत्रिएका थिए ।
उनीहरुले माछापोखरीमा प्रहरीको दुई वटा भ्यान जलाए । ट्राफिक प्रहरी र जनपद प्रहरीका अस्थायी बिटहरुमा पनि आगजनी गरे । आन्दोलन उत्तेजित भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेपनि साँझसम्म नै मजदुरहरुले आन्दोलन रोकेनन् । जसकाे मारमा काठमाडौंको उत्तरी क्षेत्रका तारकेश्वर, टोका र नागार्जुन नगरपालिकास्थित घर जान सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने सर्वसाधारण अछुतो रहेनन् ।
काठमाडौं उपत्यकाभरि नै उच्चदरमा ट्राफिक जाम पनि भयो । बालाजु क्षेत्रमा त पैदलयात्री समेत हिँड्न नसक्ने स्थिति आयो । गन्तब्यमा जान रोकिएका सर्वसाधारणले आन्दोलन नरोकिने अवस्था देखिएपछि हात उठाएर हिँडेका थिए । यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट समेत भएको छ । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर ८ कराेड बराबरकाे मोबाइल लगायतका सामग्री लुटेका थिए ।
गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिएका हुन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार