संसदीय अभिलेख व्यवस्थित बनाउन सभामुखको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २०:५८:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/debraj_w2CHthLz8F.jpg)
२ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन् । मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए ।
उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए । सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण गरे ।
सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार