लघुवित्तका ऋणी धमाधम ज्यान फाल्ने बाटाेमा, कञ्चनरुपकी शान्ताले गरिन् झुण्डिएर आत्महत्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २२:२८:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/dead_ADKOC5y6xb.jpg)
२ फागुन, काठमाडौं । लघुवित्तको ऋणको मार थेग्न नसक्दा सप्तरीमा एक जना महिलाले आत्महत्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका–९ विष्णुमन्दिर टोलकी ५८ वर्षीया शान्ताकुमारी भुजेलले साेमबार घरनजिकैका रूखमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उनको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनदिनैको अभाव र तनाव खेप्न नसकेका कारण मृत्युको बाटो रोजेकी स्थानीय बताउँछन् । ऋण उठाउन लघुवित्त र साहुहरुले चरम तनाव दिन नछाडेपछि उनी मानसिक रुपमा विक्षिप्त भएकी उनीहरुको भनाइ छ ।
उनले परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए । घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिइन् ।
केही दिन अगाडि उनका श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा पुगेर लघुवित्त र साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको तर पैसा नभएको कुरा सुनाएको उपप्रमुख पोखरेलले बताइन् ।
दुई वर्ष अगाडिसम्म भुजेल परिवार उपप्रमुख पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । दुई दाजु–भाइ छन् । भुजेल पविारलाई अनुमानित२५ लाख जति ऋण भएको खुलेको उपप्रमुख पोखरेलले बताइन् ।
लघुवित्तका कर्मचारीले गत असारमा भुजेलको घरमै पुगेर सबै सामान उठाएका थिए । त्यसबेलादेखि झनै तनाव परेकी थिइन् । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखाबाट उनले ऋण लिएको बताइएको छ ।
मृतकका २ छोरी र एक छोरा छन् । दुई छोरीको बिहे भइसकेको छ भने छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइत बस्दै आएकी उनीहरुको घरमा श्रीमान श्रमिती बस्दै आएका थिए ।
गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए । उता रुपन्देहीको देवदह नगपालिकाको धकधैया नजिकै ६ नम्बर चोककी बिना लामाले पनि गत वर्ष चैत १ गते दिउँसो लघुवित्त र बैंकको ऋणको तनावकै कारण घरभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् । वडा कार्यालयले नै ऋण तिर्न दबाबमूलक व्यवहार देखाएपछि उनले आत्हत्याको बाटो रोजेकी छिमेकीहरु बताउँछन् ।
उनका २ छोरी र एक छोरा छन् । उनीहरु सबै विद्यालय तहमा अध्ययनरत छन् । उनका श्रीमान श्याम अहिले बलात्कार कसुरमा जेलमा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार