जसपाले चुनावी अन्तर्घातबारे छानबिन गर्न बढायो म्याद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २३:२०:०
![](https://nepalbahas.prixacdn.net/media/albums/upendra-yadav-09112021084103-240x158-1_pp4WuEL3T8.jpg)
२ फागुन, काठमाडौं । गत मंसिरमा सम्पन्न चुनावमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिनका लागि उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा) नेपालले म्याद थपेको छ । छानबिन गरी कार्यदलले माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्नेमा छानबिनको काम पूरा गर्न नसकेपछि यही फागुन १५ गतेसम्मका लागि म्याद थप गरेको हो ।
जसपाले चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले विभिन्न १५ वटा जिल्लामा छानबिन गर्ने भनेर सूची तयार गरेको छ । सोही अनुसार छानबिन सुरु गरिएको कार्यदलका संयोजक थापाले बताए ।
१५ वटा जिल्लामध्ये मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बर्दिया, सुर्खेत, कैलाली, मकवानपुर, धादिङमा छानबिन गरी बयान लिइसकेको छ । संयोजक थापाले भने, ‘मकवानपुर र धादिङमा बयान लिन बाँकी छ एकपटक त्यहाँ पुनः जानुपर्ने हुन्छ । सुनसरी र पाँचथर गएर छानबिन गर्नै बाँकी छ ।’
कुन कुन क्षेत्रमा कसरी अन्तर्घात भएको, ककसले गरेको भन्दै जसपाले प्रमाणसहित उजुरी दिन पार्टीलाई सर्कुलर गरेको थियो । सोही अनुसार जिल्ला जिल्लाबाट केन्द्रमा उजुरी आएको हो । त्यसमध्ये सबभन्दा बढी सप्तरी क्षेत्र नम्बर २ बाट ३८ जनाको नाम केन्द्रमा आएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव सो क्षेत्रबाट चुनाव हारेका हुन् ।
केन्द्रमा ना पठाइएका ती ३८ जनाबाट बयान लिने काम पनि सकिएको छ । बयान लिने क्रममा ती नेताहरूले केही थपा नेताको नाम पोलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार