महोत्तरीका पालिकाहरूमा मौसम स्टेसन स्थापना
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १८:२९:२४
♦ विशाल बस्नेत
३ फागुन, महोत्तरी । बर्षाद र हावाहुरीको पूर्वानुमान भइइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि ? भन्ने आम किसानहरुको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसको निराकारण हुने भएको छ । प्रत्येक पालिकाहरुमा मौसम स्टेसन जडान गर्ने कार्य प्रारम्भ भएसँगै मौसमको पूर्वानुमान हप्तौँ अघि लिन सकिने भएको छ ।
विशेषगरी, बालीनाली लगाउने किसानहरूको लागि निकै उपयोगी बन्न सक्ने मौसम स्टेसनले भूगोलअनुसार कति क्षेत्रफलको जानकारी लिने भन्ने योजना अनुसार नै स्थापना गरिएको छ ।
बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिकामा स्थपना गरिसकिएको स्टेसनले उक्त क्षेत्रफल भित्रको मौसमको जानकारी दिन सुरु गरिसकेको छ ।
एन्ड्रोइड मोबाइलमा युजर नेम र पासवोर्डको माध्यमबाट सजिलै खोल्न सकिने भएकाले स्टेसन राखिएको क्षेत्रको मौसमको अवस्था विश्वभरीबाट हेर्न सकिन्छ ।
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मंच नेपालको साझेदारीमा संचालित लिरिक परियोजनाअन्तर्गत जडान गरिएको उक्त मौसम स्टेसन जिल्लाका अहिलेसम्म तीनवटा पालिकामा राखिएको छ ।
नगर क्षेत्रमा स्थापना गरिएको मौसम स्टेसनले नगरभरीको मौसमसम्बन्धी जानकारी दिनेछ । मौसमको पूर्ण जानकारी लिनको लागि अन्डर ग्राउन्ड वेदर भन्ने एप डाउनलोड गर्नुपर्नेछ । उक्त एपमा प्राविधिकहरुले सुरक्षित गरेको आईपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिन्छ ।
प्राविधिकहरुले स्थापना भएका नगरक्षेत्रमा स्टेसन आईडीसमेत सार्वजनिक गरेका छन् । बर्दिबास नगरपालिकाको IBARD16, गौशाला नगरपालिकाको IBARD16, औरही नगरपालिकाको IAURAH र भंगाहा नगरपालिकाको IVAGAH1 रहेको पप्पु यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार