आहारको खोजीमा गैँडा बस्ती पस्ने स्थानीयको गुनासो
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २०:५३:१९
३ फागुन, चितवन । नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।
चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि ठूलो सङ्ख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । उनका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने गरेको गुनासो आउने गरेको छ ।
निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैँडामध्ये ११ ओटा कसरा पश्चिममा रहेका आचार्यले जानकारी दिए । घाँसेमैदान कम र गैँडाको सङ्ख्या धेरै हुँदा आहारको खोजीमा गैँडा बस्ती पस्ने गरेको उनको भनाइ थियो । गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुई वटा गैँडा मरेपछि निकुञ्जले गैँडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।
“तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैँडा राति गाउँ पस्न थालेका छन्”, उनले भने । बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्ती पस्ने गरेका आचार्यले बताए ।
निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै सोही अनुपातमा घाँसेमैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् । तीमध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् । आचार्य त्यहाँका गैँडा निकुञ्जकै पूर्वी वा अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने बताउछन् । यससँगै घाँसेमैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।
नियमित गैँडा बस्ती पसेर बाली खाने गरेपछि उनीहरुको संरक्षणप्रतिको चासो बढी भएकाले तस्कर सक्रिय हुन नसकेको आचार्यले बताए । उनले भने, “स्थानीयको सहयोगका कारण गैँडा संरक्षण सम्भव भएको हो ।” यद्यपि गैँडा बाहिर आउनबाट रोक्न आवश्यक रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार