प्रेम दिवसमा ३ करोड ४८ लाखको गुलाबको फूल बिक्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २१:३:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/gulab-scaled-e1676453603778_prTNGs3n1e.jpg)
३ फागुन, काठमाडौं । सरकारले प्रेम दिवसमा गुलाबको फूल आयातमा रोक लगाएपनि सहजै भित्रिएको छ । १४ फेब्रुअरी अर्थात फागुन २ गते मनाइने प्रेम दिवसमा यस वर्ष ३ करोड ४८ लाखको गुलाबको फूल बिक्री भएको छ । प्रणय दिवसको साताभर ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको हो ।
एसोसिएसनका अनुसार पोहोरको प्रणय दिवसको तुलनामा यो वर्ष ६८ प्रतिशत धेरै गुलाब खपत भएको छ । पोहोरको प्रणय दिवसमा एक सातामा २ लाख ७ हजार स्टिक गुलाब खपत भएको थियो ।
यो बर्षको प्रेम दिवसमा काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशत गुलाब खपत भएको एसोसिएसनले जनाएको छ । प्लान्ट क्वोरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गुलाब फूल आयातमा रोक लगाए पनि बजारमा गुलाबको अभाव नखटिएको बताइएको छ ।
केन्द्रले गुलाब फूलको आयातका लागि अनुमति पत्रमा रोक लगाउँदा समेत सहजै गुलाब आयात भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार