बास्केटबल खेलप्रति महिला खोलाडीको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २२:२२:४४
३ फागुन, दमौली । तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो ।
बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताउनुभएको हो । “पहिला खेलप्रति खासै चासो थिएन तर अहिले महिला खेलाडी यसतर्फ आकर्षित भएका छन्”, उनले भने ।
प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ ।बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले पनि यसतर्फ चासो दिएको र व्यास नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डमा यस खेललाई समावेश गरेको छ । “पालिकाले विद्यालयस्तरदेखि नै बास्केटबलप्रति रुचि बढाउन पहिलो पटक राष्ट्रपति रनिङशिल्डमा समावेश गरेको हो, यसले खेलप्रति रुचि राख्ने विद्यार्थीलाई अवसर प्रदान गरेको छ,” नगरपालिका–२ का वडासदस्य सुरेश वाग्लेले भने ।
दमौली बजारमा तीन वटा बास्केटबल कोर्ट छन् । व्यास नगरपालिका–३ मा हैरान्स क्लबको सक्रियतामा एउटा कोर्ट निर्माण गरिएको त्यसमा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
वडा नं १ को निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय खेलकुद परिषद्को रू ४० लाखको लगानीमा दुई वटा कोर्ट निर्माण गरिएको छ । हैरान्स क्लबले अन्तरविद्यालयस्तरीय बास्केटबल रनिङशिल्ड आयोजना गरेको छ । यस खेलमार्फत् पर्यटन प्रबद्र्धन गर्ने र कुशल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रवीन पौडेलले बताए ।
“जिल्लामा यसअगाडि बास्केटबल प्रतियोगिता आयोजना भएका थिएनन्, अब क्लबको तर्फबाट प्रत्येक वर्ष यसलाई निरन्तरता दिन्छौँ,” उनले भने । प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजका विद्यार्थी सहभागी छन् । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी सहभागी छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । त्यस्तै थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार