संस्कृत र वैदिक परम्पराको संरक्षण अपरिहार्य : राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २२:५४:१
३ फागुन, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिए ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण अपरिहार्य भइसकेको धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।’
नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ थपेको बताइन् । उनले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरु उत्पादनमा लाग्नुपर्नेमा जोड दिइन् ।
विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन् । पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएको बताइन् । नेपाल संस्कृत विश्वविद्यालयसँग थुप्रै चल, अचल सम्पत्ति रहेको भन्दै त्यसलाई संरक्षण गरी आयआर्जनमूलक कार्यमा लगाउन पनि सुझाव दिइन् ।
त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताइन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले विश्वविद्यालयको विकास र विस्तारका लागि सक्दो सहायोग प्रतिवद्धता जनाए ।
आयुर्वेद शिक्षण संस्थामा स्नातक (बिएएमएस) अध्ययन गराइने विश्वविद्यालयका उपकूलपति प्रा डा यादवप्रसाद लामिछाने जानकारी दिए । तीन तल्ले उक्त भवनमा एक सय आठ कोठा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार