समृद्धिका लागि वन परियोजनाको अभिमुखिकरण सम्पन्न

आबिद हुसेन
फागुन ४, २०७९ बिहिबार १८:२३:३८

४ फागुन, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताएका छन ।महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको प्रमुख सिंहको भनाई छ ।
रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उनले बताए । बीरगञ्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता औँल्याए ।
अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताए । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राखे ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवम् सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उनले बताए । हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा पनि उनले जानकारी गराए ।
औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको पनि उनले बताए । मियाँका अनुसार नेपालसँग १२ लाख मेट्रिक टन कार्वन उत्सर्जन गर्ने क्षमता छ ।
अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले पनि वनमा आधारित उद्यमका बारेमा जानकारी गराए । वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तिय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने पनि उनले जानकारी गराए ।
अभिमुखीकरणमा सहभागी बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिँदासम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताए । अभिमुखीकरण एवम् तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागि वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष मिश्राको माग थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार