बचतकर्ताको रकम हिनामिनाको आरोपमा सहकारीका संचालक पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०७९ शुक्रबार ०:२९:५५
४ फागुन, मोरङ । विराटनगरको तुलसी बहुमुखी सहकारीका दुई जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको हो ।
बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले आन्दोलन गर्दै आएका थिए । उनीहरुले प्रहरीमा उजुरी समेत दिएका थिए । उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले बचत गरेको रकम साँवा र ब्यासहित दिनुपर्ने माग राख्दै सहकारी सञ्चालक र अध्यक्षको घर समेत घेरेका थिए ।
उनीहरूलाई अभद्र व्यवहार कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने फरार छन् ।
विराटनगरकी ४ की बिमला भट्टराईले मुद्दती खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम पाउन नसकेको बताइन् ।
विराटनगरकै ममता कुमारी साहले पनि सहकारीमा बचत गरेको १८ लाख रुपैयाँ पाउन सकेकी छैनन् । सहकारीले भने विश्वव्यापी रूपमा भइरहेको आर्थिक मन्दीको प्रभाव सहकारीमा परेको भन्दै रकम फिर्ता दिन नसकिने सूचना टाँस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार