मुख्यमन्त्री शाहसँग पनि नागरिक उन्मुक्ति पार्टी सशंकित
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १७:३८:४६
५ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशकामुख्यमन्त्री कमलबहादुर शाहलाई पनि विश्वासको मत पाउन मुश्किल पर्ने देखिएको छ । विश्वासको मतमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वास गर्न नसकिने बताइसकेको छ । उसले उठाउँदै आइरहेको मागबारे शाहले कुनै चासो देखाएको र फगत विश्वासको मत पाउन अभ्यास गरिरहेको जनाएको छ ।
शाहले विश्वासको मतका लागि नागरिक उन्मुक्तिका अध्यक्ष, प्रदेशको संसदीय दलका नेतासँग पटकपटक भेट गरेर मत मागेका छन् । तर उनीहरुले वचन दिएका छैनन् । माग पूरा गर्नेबारे लिखित सम्झौता हुनुपर्ने अडान पार्टीले लिएको छ । पछिल्लो चरणमा शाहको दौडधुपले नागरिक उन्मुक्ति सशंकित बनेको छ ।
त्यसपछि शाहले ११ मत रहेको माओवादी केन्द्रसँग नजिकिने प्रयास थालेका छन् । तर माओवादी केन्द्रले विश्वासको मत दिन नसकिने स्पष्ट रुपमा बताउँदै आएको छ ।
माओवादी, नागरिक उन्मुक्तिकै समर्थनमा मुख्यमन्त्री बनेका एमाले राजेन्द्रसिंह रावल नागरिक उन्मुक्तिले माग पूरा नगरेको भन्दै विश्वासको मत नदिएकै कारण महिना दिनमै पदच्यूत हुन पुगेका थिए ।
रावलले माघ २६ मा प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्ने क्रममा प्रदेशको विकास र समृद्धि अनि आफूले गर्न सक्ने कामबारे बैठकमा निकै चर्चा गरे । उनको बैठक सम्बोधन भाषा धेरै मात्रामा अंग्रेजी प्रयोग गरे । निकै फुर्तिसाथ प्रदेश विकासको गुरुयोजना सुनाए । तैपनि नागरिक उन्मुक्तिले विश्वास गरेन । उनको पद जोगिएन ।
त्यसपछि शाह संविधानमा व्यवस्था भएबमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकै कारण पुष २६ गते मुख्यमन्त्री बनेका हुन् । उनले फागुन १६ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्था छ । नागरिक उन्मुक्ति जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरीको इसाराबिना एक् इञ्च दायाँबायाँ नहुने अवस्थामा रहेको छ । रेशमलाई आफूलाई जेलमुक्त गर्नुपर्ने विषयलाई पहिलो नम्बर माग राखेका छन् ।
शाहका पार्टी कांग्रेससँग १९, एकीकृत समाजवादीसँग ४, सवतन्त्र १ मत रहेको छ । विश्वासको मत पाउन अर्थात मुख्यमन्त्रीमा बहुमतका लागि २७ मत आवश्यक पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार