पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १७:४५:२०
५ फागुन, कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् । पोखरा रङ्गशालामा हुने सो म्याराथनलगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए।
यस वर्षको खुला म्याराथनमा एक सय ५० धावक सहभागी हुने बताइएको छ । महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । पाँच किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार छ सय जना र छ सय जनाले नाम दर्ता गराएका पराजुलीले जानकारी दिए ।
ह्विलचेयरतर्फ ४७, दृष्टिविहीन दौडतर्फ ९० र ‘रन फर फन’तर्फ पाँच हजार जनाले नाम दर्ता गराएका छन् । म्याराथन ‘४२।१९५’ किमी दौडका विजेताले रु पाँच लाख, द्वितीयले रु तीन लाख र तृतीय हुने टोलीले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । गण्डकीबाट सहभागी हुने धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार प्रदान गरिने छ ।
महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई रु एक लाख ५० हजार, द्वितीयलाई रु एक लाख, तृतीय हुनेलाई रु ७५ हजार र सान्त्वना पुरस्कारस्वरुप रु १५ हजार प्रदान गरिने छ । यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार तथा पाँच किलोमिटर छात्र÷छात्रा दौडतर्फ विजेताले रु १५ हजार, द्वितीयले रु १० हजार र तृतीयले रु सात हजार पुरस्कार पाउने छन् ।
ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस ‘एम्स’ को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रालिले २०७२ देखि मुख्य प्रायोजन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न रु ९३ लाख खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ । म्याराथनका लागि विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार