सुरू गर्याे एमालेले ‘मिसन ग्रासरूट’ अभियान
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २०:५६:४२
५ फागुन, काठमाडौं । सरकारमा सामेल सबैभन्दा ठूलो दल नेकपा (एमालेले ‘मिसन ग्रासरूट’ अभियान आजखेखि सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार गर्न थालिएको अभियान अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट भर्च्यूअलबाट गरेका हुन् । एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई क्षेत्र तोकेर गाउँ-गाउँमा खटाएको छ ।
उनीहरुलाई पार्टीका पालिका तहसम्म पुगेर संगठन विस्तार, सदस्यता वितरण, प्रशिक्षणको जिम्मा दिइएको छ । अभियान २ महिनासम्म चल्ने एमालेले जनाएको छ ।
कसलाई कहाँ खटाइयाे ?
अभिमुखीकरणका लागि प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल तोकिएका छन् ।
त्यसैगरी, महासचिव शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय)को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने विशेष कमिटीको अनुगमन तथा संयोजन गर्ने कार्यालय सचिव भीष्म अधिकारीले बताए ।
केन्द्रीय कमिटीका सदस्यहरू हालको जिम्मेवारीभन्दा भिन्न जिल्लामा खटिएका छन् । प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिएको छ । अभियान नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन आगामी वैशाख ९ गते समापन गर्ने जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार